ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   ८ : ५५   बजे

काठमाडौ भदौ ५  शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले नजाने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहान साढे ८ बजे संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् ।तर, राष्ट्रपतिले संविधानविपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही नजाने एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

नेम्वाङले भने, ‘प्रधानमन्त्रीले के आधारमा बोलाउनुभएको हो हामी निरन्तर सरकारसँग छलफलमा छौं । आज पनि २ बजे बैठक बस्दैछौं । राष्ट्रपतिले बोलाएको बैठकको जानकारी छैन । वैधानिकता पनि पुष्टि हुँदैन ।’सोमबार साँझ बसेको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकोबारे चासो राखेका थिए ।ओलीले प्रधानमन्त्रीसँगको सल्लाहमा राष्ट्रपतिले काम गर्नुपर्ने भएपनि कुन आधारमा सर्वदलीय बैठक बोलाएको रु भन्दै प्रश्नसमेत उठाएका थिए । ओलीले तपाईँले नै अनुरोध गर्नुभएको हो रु भन्दै प्रधानमन्त्रीलाई सोधेका थिए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । उनले प्रधानमन्त्री, केही दलका नेता तथा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group