ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको प्रतिवेदनमा चीनको प्रशंसै प्रशंसा, अमेरिकाको आलोचना


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   ३ : २२   बजे

काठमाडौं, ५ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीनको प्रशंसा र अमेरिकाको आलोचना गरेका छन् ।

मंगलबारदेखि राजधानीमा सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको छैटौं बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले चीनको प्रशंसै प्रशंसा र अमेरिकाको आलोचना मात्र गरेका हुन् ।

साम्राज्यवादकै कारणले आजको अन्तर्राष्ट्रिय परिस्थिति तनावपूर्ण बनेको र शीत युद्धको समाप्तीपछि एकछत्र ठानिएको विश्व पुँजीवादी साम्राज्यवादले आफ्नै आन्तरिक आर्थिक सङ्कटहरूलाई व्यवस्थापन गर्न नसेको ठहर अध्यक्ष नेपालको छ ।

“अर्कोतिर आर्थिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा समाजवादी चीनले गरेको योजनाबद्ध विकास र अन्तर्राष्ट्रिय सहयोगले विश्वका कैयौँ मुलुकहरूका लागि नयाँ सम्भावनाका ढोका खुल्दै गएका छन्,” उनले राजनीतिक प्रतिवेदनमा चीनको प्रशंसा गरेका छन् ।

चीनको उदयले पश्चिमी मुलुकहरूको प्रभुत्वमा आधारित विश्व व्यवस्था हल्लिन थालेको तर्क उनले प्रस्तुत गरेका छन् । अहिले साम्राज्यवाद हडबडाएको उनको विश्वास छ ।

“चीनको उदयलाई रोक्न त्यसले इन्डो–प्यासिफिक रणनीति ९आईपीएस० बनाएको छ, क्वाड जस्ता गठबन्धन बनाएको छ, एमसीसीजस्ता संयन्त्रहरूलाई समेत पुनः परिभाषित गर्दै छ । ताइवानमा तनाव बढाउँदै छ, भारतलगायत यस क्षेत्रका अन्य देशहरूलाई नजिक्याउँदै छ । र, जसरी हुन्छ चीनको उदयलाई रोक्ने प्रयास गर्दै छ,” अध्यक्ष नेपालले अमेरिकाको आलोचना गरेका छन् ।

हालै अमेरिकाको क्याम्प डेविडमा अमेरिका, जापान र दक्षिण कोरियाबीच त्रिपक्षीय रणनीतिक साझेदारीको घोषणा गरिएको स्मरण पनि प्रतिवेदनमा गरिएको छ । यसले गर्दा एसिया विश्वव्यापी तनावको मुख्य क्षेत्र बन्दै गएको ठहर उनको छ ।

“सोभियत सङ्घको विघटनपछि पश्चिमी मुलुकहरूले रुसलाई अपमानित गर्दै र घेर्दै युक्रेनविरुद्ध युद्धमा धकेलेका छन् । नाटोका सदस्य राष्ट्रको संख्या र प्रभाव विस्तार गर्दै सामरिक क्षमता बढाउने ध्याउन्नमा उनीहरूले युक्रेनलाई मोहोरा बनाएर युद्धमा धकेले । युक्रेनको सार्वभौमसत्ताको बहानामा अत्याधुनिक सस्त्रास्त्र युक्रेन पठाएर युद्धलाई अझ लम्ब्याउने प्रयास गरिरहेका छन् । यसबाट युरोपमा मात्रै होइन, विश्वभरि नै युद्धजनित प्रभाव पर्दै गएको छ,” अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् ।

साम्राज्यवादी तथा पुँजीवादी शक्ति राष्ट्रको हस्तक्षेपकारी कार्यका बावजुद चीनले समाजवाद निर्माणको कार्यदिशालाई अनवरत रूपमा अगाडि बढाइरहेको उनले बताएका छन् ।

राष्ट्रपति सी चिनपिङको नेतृत्वमा चीनले अर्थव्यवस्थालाई अझ बढी उत्पादक तथा जनमुखी बनाउन प्रयन्त गरिरहेको विश्वास उनले व्यक्त गरेका छन् । “विकासशील राष्ट्रहरूसँग बहुपक्षीय र दुईपक्षीय सहयोग अभिवृद्धि गर्दै चीनले विश्व शक्ति सन्तुलनमा नयाँ गति दिन प्रयत्न गरिरहेको छ,” प्रतिवेदनमा उल्लेख छ ।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई०, एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक ९एआईआईबी०, साङ्घाई फोरम, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ ९जीडीआई० र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ जीसीआई जस्ता अन्तर्राष्ट्रिय आर्थिक सहयोग र समझदारीको कार्यक्रमलाई हाम्रो जस्तो मुलुकले आफ्नो जटिल र संवेदनशील भूराजनीतिक अवस्थाको हेक्का राख्दै अधिकतम रूपमा परिचालन गर्ने नीति अबलम्वन गर्नुपर्ने उनले जनाएका छन् ।

आजको विश्व साम्राज्यवादको एकलौटी प्रभावबाट विस्तारै बाहिर जाँदै गरेको बताउँदै उनले मानव जातिको भविष्यमा आधारित नयाँ विश्वव्यवस्थाको सम्भावना बढ्दै गएको जनाएका छन् ।

चीन एउटा विश्व शक्ति भइसकेको र केही वर्षमा संसारकै ठूलो आर्थिक शक्ति बन्ने उनले बताएका छन् । भारत पनि आर्थिक विकासको दर, प्राकृतिक स्रोतको प्रचुरता, सस्तो श्रम आदि कारणले गर्दा भविष्यको एउटा मुख्य आर्थिक शक्ति बन्ने उनले जनाएका छन् ।

“यी दुवै मुलुकमा हुने आर्थिक विकासले ल्याउने सामाजिक परिवर्तन र त्यसको राजनीतिले विश्वकै अर्थतन्त्र र राजनीतिलाई प्रभावित गर्नेछ । तिनका प्रतिस्पर्धा र सहकार्यका राम्रा वा नराम्रा प्रभावहरू हामीमाथि पनि पर्नेछन् । त्यसबीचमा एउटा स्वतन्त्र राष्ट्रका रूपमा समृद्ध र समाजवादतर्फ अगाडि बढ्न हामीसँग असाधारण चुनौती र सम्भावना दुवै छन् र भइरहने छन्,” अध्यक्ष नेपालले भनेका छन् ।

अध्यक्ष नेपालको शब्दमा चीन अहिले अमेरिकी नेतृत्वको विश्व पुँजीवादी दुनियाँमाथि चुनौती खडा गरेको समाजवादी मुलुक हो । सम्पूर्ण पुँजीवादी दुनियाँ अहिले चीनको उदयलाई रोक्न आर्थिक, राजनीतिक, कूटनीतिक, सामरिक तथा जासुसी उपायहरू केन्द्रित गरिरहेको उनको ठम्याइ छ ।

सन् २०५० सम्म संसारको सबैभन्दा समृद्ध समाजवादको निर्माण गर्ने चीनको राष्ट्रिय सङ्कल्पले नेपाल विश्व विचारधारात्मक द्वन्द्वको वरिपरि रहने विश्वास उनले व्यक्त गरेका छन् । नेपाल चीनको तिब्बतसँग जोडिएको हुनाले पश्चिमाहरुले नेपाललाई अझ बढी प्रयोग गर्न खोज्ने उनले जनाए ।

“चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनका विरुद्ध उकास्ने काम पश्चिमले गर्दै छ । त्यस्तै, पश्चिमसँग चीनको अन्तरविरोध चर्किदा भारत बढी सुरक्षित हुनेछ । दुवै एसियाली र प्राचीनतम सांस्कृतिक परम्परा भएका चीन र भारत कुनै दिन एक ठाउँमा उभिन सक्छन् भन्ने चिन्ताले पश्चिमको रणनीति प्रभावित भइरहने छ । आधुनिक भारत र चीनको जन्मदेखि नै पश्चिमले यस पक्षलाई ध्यान दिएको छ । तसर्थ, ती दुवै मुलुकमाथि निगरानी राख्नका लागि पश्चिमले नेपाललाई विभिन्न रूपमा प्रयोग गरिरहेको छ÷गरिरहने छ,” प्रतिवेदनमा भनिएको छ ।

आवतजावत, लेनदेन, भाषिक–सांस्कृतिक आदान–प्रदानका हिसाबले भारत र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको उनले जनाएका छन् । तर, भारत स्वतन्त्र भएपछि पनि बेलायती नीतिमा कायम नै रहेको उनकोे ठहर छ । यस क्रममा नेपाली शासकहरू कहिले झुक्ने र कहिले प्रतिरोध गर्ने गरेको उनले बताए ।

“नेपालले आफ्नो स्वतन्त्रता तथा सार्वभौमिकताको रक्षा गर्दै आयो । भारतले उसका स्वार्थसँग हाम्रा शासक वा नेताहरू झुकेको इतिहास मात्रै नेपाल–भारत सम्बन्धको मुख्य प्रवृत्ति हो भन्ने स्थापित गर्न चाहन्छ र हामीलाई आफ्नो विशेष सम्बन्धको सीमाभित्र राख्न चाहन्छ । जबकि, अंग्रेजहरूले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको निर्माणका लागि गरेको योगदानलाई हामीले नेपाल–भारत सम्बन्धको मुख्य प्रवृत्ति ठान्छौं । इतिहासको यो समझदारी नै अन्तरविरोधपूर्ण छ, त्यसैले नेपाल भारतको सम्बन्ध पनि अन्तरविरोधपूर्ण छ । हामीले भविष्यमा पनि यो अन्तरविरोध व्यहोरिरहनु पर्नेछ, चुनौतीको सामना गरिरहनु पर्नेछ,” अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री किरण थापाको प्रतिबद्धता : ‘आश्वासन होइन, परिणाम देखाउने सरकार बनाउँछु’

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu