ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कप : नेपाल अब भारत र पाकिस्तानको प्रतिष्पर्धी


एबीसी न्यूज
७ भदौ २०८०, बिहिबार   १२ : १४   बजे

काठमाडौं, ७ साउन । मलाई लाग्छ, एसिया कप हाम्रो लागि अवसर हो । सामान्यतया हामीले भारत र पाकिस्तानसँग क्रिकेट खेल्न पाउँदैनौं । एसिया कपमा पाएको अवसरलाई सम्मान गरेर राम्रो क्रिकेट खेल्ने हामी सबैको चाहना छ,” एसिया कपका लागि पाकिस्तान उड्नुअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले यो नेपालका लागि चुनौती नभई अवसर भएको यसरी प्रस्ट्याए ।

गत वैशाख १९ गते घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान सुनिश्चित गरेको थियो । प्रिमियर कपको उपाधि जितेपछि भारत र पाकिस्तानसँग पहिलोपटक आमने–सामनेको अवसर पाएको नेपाली टिम मंगलबार पाकिस्तानको यात्रामा निस्कियो ।

हुन त नेपाली टिमले एसिया कपमा स्थान बनाएको यो पहिलो पटक भने होइन । २१ वर्षअघि पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो, सन् २००१ मा भएको एसीसी ट्रफीको उपविजेताको रुपमा ।

तर भारत–पाकिस्तानको खिचातानीको कारण नेपालले त्यसबेला अवसरको उपयोग गर्नै पाएन । भारत–पाकिस्तानको राजनीतिक विवाद चरम अवस्थामा पुगेपछि सन् २००२ मा आयोजना हुने भनिएको प्रतियोगिता नै रद्द भयो ।

यस संस्करणमा पनि सुरुआती समयमा अवस्था लगभग उस्तै बन्ने देखिन्थो । पाकिस्तानमा आयोजना हुने तालिका रहेका कारण भारतीय टिमले सरकारबाट छिमेकी देशको यात्राका लागि अनुमति पाएन ।

पाकिस्तान कसैगरी पनि प्रतियोगिताको आयोजकमा आफ्नो नाम लेखाउन चाहन्थ्यो । यी दुईबीच क्रिकेट महाशक्तिबीचको यही शक्ति संघर्षका कारण यस संस्करण पनि रद्द हुने संघारमा पुगिसकेको थियो । तर, पाकिस्तान केही लचिलो बन्दै प्रतियोगिताका लागि ‘हाइब्रिड मोडेल’ को प्रस्ताव गर्‍यो ।

पाकिस्तानको यो मोडेलअनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरु भने श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ ।

पाकिस्तानले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’ मा भारत सहमत भएसँगै प्रतियोगिताबारे उब्जिएका शंका–उपशंका मेटियो ।

नेपाली क्रिकेटलाई एसिया कपको अर्थ रु

प्रतियोगिताका हिसाबले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्नु नै नेपाली क्रिकेटको हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । तर, विश्वकपपछि निरन्तर ओरालो लागेको नेपाली क्रिकेटको लय भारतका मोन्टी देसाई मुख्य प्रशिक्षकको रुपमा आएपछि फेरियो ।

मोन्टी नेपाली टिमको प्रशिक्षकमा आउँदा नेपाली टिमका बारेमा क्रिकेट प्रेमीमाझ गुट–उपगुटको चर्को चर्चा हुन्थ्यो । भलै खेलाडीहरु यसलाई सधैँ अस्वीकार गरिरहन्थे । लिग–२ मा लगातार निराशजनक प्रदर्शनका कारण नेपाली टिमले एकदिवसीय मान्यता पनि जोगाउँदैन भन्ने डर उस्तै थियो ।

तर, मोन्टीको आगमनसँगै लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै नेपालले एकदिवसीय मान्यतामात्र जोगाएन, जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा वेस्ट इन्डिज र जिम्बाब्वेजस्ता टेस्ट राष्ट्रसँग खेल्ने अवसरसमेत जुरायो ।

यही लयलाई कायम राख्दै नेपालले घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपका सबै खेल जित्दै एसिया कपमा स्थान बनायो ।

नौ वर्षअघि ट्वान्टी–२० विश्वकप खेले पनि नेपालले हालसम्म भारत र पाकिस्तानसँग अन्तर्राष्ट्रिय मान्यताप्राप्त कुनै पनि क्रिकेट खेल्न सकेको छैन । छिमेकीसँग खेल कूटनीतिमार्फत् क्रिकेटलाई जोड्न सरकारी संयन्त्र चुकिरहे पनि एसिया कपमार्फत् नेपालले त्यो अवसर पाएको छ ।

प्रतिस्पर्धी टिमका हिसाबले नेपालले यो भन्दा सुनौलो अवसर तत्काल पाउने सम्भावना देखिँदैन । दुई चिर–प्रतिद्वन्दीसँगै एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले यो अवसरको भरपूर उपयोग गर्ने बताउँछन् रोहित ।

“नेपाली क्रिकेटको विकासका प्रतियोगिता लागि निक्कै महत्वपूर्ण हुन्छ । भारत–पाकिस्तानको खेल विश्वले हेरिरहेको हुन्छ । त्यहाँ हामीले राम्रो क्रिकेट खेल्न सक्यौं भने सबैजनाले नोटिस गरिरहेका हुन्छन्,” एसिया कपका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहितले भने, “त्यसले नेपाली क्रिकेटले प्रगति गरिरहेको छ भन्ने थाहा हुन्छ । हामीले पछिल्लो चार–पाँच महिनादेखि राम्रो क्रिकेट खेलिरहेका छौं । यो सुरुआत हो र यसलाई नै निरन्तरता दिने छौं ।”

अवसरको उपयोगमात्रै कि प्रतिस्पर्धाी

पछिल्लो ६–७ महिनायता नेपाली टिमले एसोसिएट टोलीमध्ये अब्बल प्रदर्शन देखाइरहेको छ । लिग–२, प्रिमियर कप र विश्वकप छनोटमा पाएको अवसरलाई उपयोग गरेको नेपालले एसिया कपलाई एक्सपोजर नभई प्रतिस्पर्धाको रुपमा लिएको बताउँछन् रोहित ।

“मलाई लाग्छ हामीले एक्सपोजर धेरै पाइसक्यौँ । मलाई लाग्छ यो समय प्रतिस्पर्धाको हो । एसिया कप होस् वा अब आउने जुनै पनि खेलमा प्रतिस्पर्धाका लागि जाने हो,” रोहितले भने ।

रोहितविरुद्ध रोहित

कपिल देव, राहुल द्रविड, विरेन्द्र सहवाग, सचिन तेल्दुल्कर, महेन्द्रसिंह धोनी हुँदै रोहित शर्मा र विराट कोहलीजस्ता क्रिकेट हस्तीलाई जन्माएको भारतलाई ‘क्रिकेटप्रति पागल देश’ को रुपमा चिनिन्छ ।

विश्व क्रिकेटमा रहेको यही प्रभुत्वका कारण नेपालमा पनि भारतीय टिमको समर्थन गर्ने समर्थकको संख्या ठूलो छ । नेपाली टिमका कप्तान रोहित पनि भारतीय क्रिकेटबाट प्रभावित हुने यो सूचीमा पर्छन् ।

भारतीय टिमका कप्तान रोहित शर्मा रोहितका ‘आइडल’ हुन् । आफ्नो ‘आइडल’ विरुद्ध खेल्न पाउनुको उत्साहलाई रोहित ९नेपाली० यसरी बयान गर्छन् । “सानैदेखि रोहित शर्माको ब्याटिङ हेर्दै आएको । निक्कै मन पर्थ्यो । खेल सकिएपछि अनुभवका कुरा होला, त्यो अनुभवलाई सिकाईमा परिवर्तन गर्नेछु । प्रतियोगिता निक्कै उत्साहित हुने फिल भइरहेको छ,” रोहितले भने ।

भारत र पाकिस्तानका अनुभवी कप्तानअघि टस गर्दाको क्षणलाई कल्पना गर्नुहुन्छ भन्ने प्रश्नमा रोहित हाँस्दै भन्छन्, “म कहिल्यै पनि त्यस्तो कल्पना गर्दिन । खेल कसरी जित्छु भन्ने भिजुअलाइज गर्छु । टस भन्दा पनि म एक ब्याटरको रुपमा बलरहरुलाई कसरी खेल्ने भन्नेबारे सोच्छु ।”

एसिया कपका लागि नेपाली टिम बुधबार पाकिस्तान पुगिसकेको छ । अगस्ट ३० देखि प्रतियोगिता सुरु हुने भए पनि एक हप्ताअघि पाकिस्तान पुगेको नेपाली टिमले त्यहाँका स्थानीय क्लबसँग तयारी खेलहरु खेल्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अगस्ट ३० मा उद्घाटन खेलमै घरेलु टिम पाकिस्तानको सामना गर्नेछ । त्यसपछि भारतविरुद्धको खेलका लागि नेपालले श्रीलंकाको यात्रा तय गर्नेछ । श्रीलंकामा नेपालले अक्टोबर ४ मा भारतविरुद्ध समूह चरणको दोस्रो खेल खेल्नेछ ।

एसिया कपको १६औं संस्करणमा नेपाल, भारत र पाकिस्तानसँगै श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group