ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुवाखालबाट पक्राउ परे मुस्ताङका गाउँपालिका अध्यक्ष, कांग्रेस नेताको दौडधुप


abc tv
८ भदौ २०८०, शुक्रबार   १२ : ३६   बजे

पोखरा । पोखराबाट जुवा खेल्दै गरेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पक्राउ परेका खुलेको छ।

पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई बिहीबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो।

तर पक्राउ परेका अध्यक्ष लालचनले सुरुमा आफ्नो नाम प्रहरीसँग ढाँटेको खुलेको छ।

गाउँपालिका अध्यक्ष पक्राउ परेको जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको छ।

जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनलाई छुटाउन कास्की कांग्रेस नेताहरु सक्रिय भएका छन्।

लालचनलाई छुटाउन गण्डकीका पूर्व मन्त्रीहरु र कांग्रेसका नेताहरु जुटेर दबाब दिइरहेको प्रहरी स्रोतले उल्लेख गरेको छ।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीलेका अनुसार पक्राउ परेपछि अध्यक्ष लालचनले आफ्नो नाम मोहन थकाली भनेर झुक्काएका थिए।

जुवाखालबाट उनीसहित मुस्ताङको घोरपझोङका ५७ वर्षीय इन्द्रबहादुर कार्की, नवीप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुञ्ज हिराचन, रामबजारका राजु गुरुङ र दलबहादुर हिराचन पक्राउ परेका छन्।

उनीहरुलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा मुख्यमन्त्री थापाको विश्वासको मत फेरि अनिश्चित, नेकपाका सांसद असन्तुष्ट

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu