ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा ६५ मिटरब्याजी फरारको सूचीमा, १६७ उजुरी फर्छ्यौट


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   २ : ५८   बजे

काठमाडौं, १० भदौ । सर्लाहीमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी उजुरीका ६५ जना फरार सूचीमा परेका छन् । छलफलका लागि सम्पर्कमा नआएपछि उनीहरू फरार सूचीमा परेका हुन् ।

सर्लाहीमा १७ पालिका छन् । ती सबै पालिकाबाट मिटर ब्याज सम्बन्धी २८६ उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । जसमध्ये १६७ उजुरी छलफलबाटै फर्छ्यौट भएको छ । कानूनले तोकेको मूल धनको १० प्रतिशत ब्याज दिएर अधिकांश उजुरी मिलापत्र गराइएको छ ।

उजुरी फर्छ्यौट गर्न पीडित र पीडक दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयले बोलाउँछ । तर छलफलमा बोलाउँदा पटक पटक नआएपछि ६५ जनालाई फरार सूचीमा राखिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।

छलफलमा बोलाउँदा उपस्थित नहुनेलाई कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिल्यै चेतावनी दिएको थियो । सो बमोजिम ६५ जनालाई कारबाहीमा पर्ने देखिएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई समेत पत्राचार भइसकेको स्रोतले जनाएको छ ।

सहायक प्रजिअ घिमिरेका अनुसार ३५ वटा उजुरी फर्छ्यौट गर्न बाँकी छ । परेको उजुरीमध्ये मिटरब्याजीका १९ आरोपीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको छ । मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले छलफल गराइएको छैन ।

१६ लाख दाबी, ११ लाखमै मिलापत्र

मिटर ब्याज सम्बन्धी उजुरी दिएकै कारण सर्लाहीका एक पीडितलाई पीडकले दाबी गरेको भन्दा ५ लाख कम तिर्नुपरेको छ ।

मलंगवा नगरपालिका ३ का जोगिन्द्र साह सुनारबाट सोही पाकिला वडा २ का फेकु राय ८ लाख ८७ हजार रुपैयाँ ऋण लिएका थिए । सो ऋणको १६ लाख तिर्नुपर्ने भन्दै सुनार पटक पटक ताकेता गर्दा राय समस्यामा परे ।

त्यसपछि उनले मिटर ब्याज सम्बन्धी उजुरी प्रशासनमा दिए । प्रशासनले मूल धनको १० प्रतिशत ब्याजमा मिलापत्र गराएको छ । १० प्रतिशत मात्र ब्याज तिर्नुपर्ने रायले १६ लाख तिर्नुपर्नेमा मात्र ११ लाख तिरेका हुन् ।

‘सुनारले ऋणको ३६ प्रतिशत व्याज जोडेर १६ लाख रुपैयाँ पुर्‍याएका रहेछन्,’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘पीडितले उजुरी दिएपछि दुवै पक्षलाई राखेर छलफल गर्‍यौँ । १० प्रतिशत भन्दा धेरै व्याज नलिन आग्रह गरेपछि रायले सहमत भए । त्यसपछि ऋणीले मात्र ११ लाख रुपैयाँ तिरेँ ।’

तीन गुणाको कपाली कागज समस्याको जड

ऋण लिनुपर्दा तीन गुणाको कपाली कागज बनाउने चलन नै मिटर ब्याज सम्बन्धी समस्याको जड बनेको छ ।

जस्तै कसैले १ लाख ऋण लिँदा ३ लाखको कागज गरिदिन्छन् । हुन त कपाली कागज गर्दा १० प्रतिशत ब्याज मात्र उल्लेख गरिएको हुन्छ । तर तीन गुणा कागज गरेकै कारण ऋणी समस्यामा पर्ने गरेका छन् ।

ऋण लिने बेलामा ऋणीले विचार नपुर्‍याउँदा आफैँ समस्यामा पर्ने गरेको देखिएको छ । एक लाख ऋण लिएका व्यक्ति ३ लाखको कपाली गरेको अवस्थामा साहुले अदालतमा कागज लगाउँदा तीन लाखकै मान्यता दिने गर्छ । यसको मुख्य कारण कपालीमा ऋणको औँठा छाप र हस्ताक्षर हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu