ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलाई संविधान मिचेको भन्नेहरूको वास्तविकता कोसी प्रदेशमा देखियो : ओली


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ६ : ०६   बजे

काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिला आफूलाई संविधान मिचेको आरोप लगाउनेहरूको वास्तविकता अहिले देखिएको बताएका छन् । पहिले ‘स्याल हुइँया’ गर्नेहरू अहिले संविधानविपरीत काम गर्दा चुइँक्क नबोलेको ओलीले आरोप लगाए ।

आइतबार विराटनगरमा एमाले कोसी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “उनीहरू त म्युजिकल चेयरका खेलाडीभन्दा माथिका पनि देखिएनन् ।”

कुर्सीमा कुदेर झ्याप्प बस्ने र विजेता घोषित गरिहाल्ने परिपाटी देखिएको ओलीको भनाइ थियो ।

कोसी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वास मतको विषय कोट्याउँदै उनले मत सच्याउने समय घर्किसकेको अवस्थामा सभाध्यक्षलाई मतदान गराउनु तमासा मात्र भएको जिकिर गरे । सत्ता गठबन्धनको ध्यान कुर्सीमा मात्र भएको उनको आरोप छ ।

उनले भने, “संविधानविपरीत होस् कि कानुनविपरीत होस्, जसरी पनि सत्ता कब्जा गर्ने मनसाय देखियो ।”

कोसीमा संविधानविरुद्ध र लोकतन्त्रविरुद्ध बलमिच्याइँ भएको ओलीले बताए । सभामुख निष्पक्ष र तटस्थ हुनुपर्ने मान्यताविपरीतका काम कोसी प्रदेशमा भएको उनले बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा स्वागत गर्न कुनै अफ्ठ्यारो नभएको ओलीले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री भाटका तीन निर्णय, सडक सुरक्षा र ठेक्का व्यवस्थापन प्राथमिकतामा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu