ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ७ : ०४   बजे

काठमाडौँ, १० भदौ । कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित क्षेत्र सुविधासम्पन्न क्षेत्रका स्थलसमेत ओझेलमा परेका हुन् ।

बागलुङ सदरमुकाम नजिकैको भिरलाखुरीलाई प्रबद्र्धन गर्न थालेपछि अहिले हाइकिङका लागि स्थानीय पर्यटक त्यहाँ पुग्न थालेका छन् । पछिल्लो समय झरना तथा दृश्यावलोकनका लागि पदयात्रामा जान, प्रकृतिसँग रमाउन, टिकटक बनाउन र फोटो खिच्न आउने पर्यटक बढ्न थालेपछि बागलुङ बजारदेखि ४५ मिनेटमै पुग्न सकिने भिरलाखुरीलाई प्रबद्र्धन गर्न थालिएको हो ।

भिरलाखुरी भ्यूपोइन्टको प्रचारप्रसार, प्रबद्र्धन र पूर्वाधारपछि अहिले बागलुङ बजारको दृश्यावलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भइरहेको छ । बागलुङ नगरपालिका–६ मा पर्ने भिरलाखुरी पछिल्लो समय बागलुङ बजारको नजिकैको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित हुन थालेको छ ।

भिरलाखुरी भ्यूपोइन्टबाट बागलुङ बजारका साथै पर्वतका नाग्लीबाङदेखि कुश्मा बजारसम्म देख्न सकिने भएकाले चर्चामा आउन थालेको त्यहाँका वडाध्यक्ष रुद्र केसीले बताए । अहिले भिरलाखुरी पुग्ने पदमार्ग, रेलिङ र होर्डिङबोर्ड कुर्ची, पिङ् खेल्ने झुलालगायत पूर्वाधारसमेत निर्माण गरिएपछि पर्यटकको सङ्ख्या वृद्धि भएको उनको भनाइ थियो ।

गत आर्थिक वर्षमा नगरस्तरीय योजनामामार्फत रु तीन लाख र अघिल्लो आर्थिक वर्षमा रु दुईलाखको लागतमा पदमार्ग बनाइएको थियो ।

‘भिरलाखुरीको प्रबद्र्धनका लागि कलाकार रामजी नेपालीसहित विभिन्न पर्यटन क्षेत्रमा सक्रिय रहेका युवाको साथ र सहयोगका कारण उक्त क्षेत्रले चर्चा बटुल्दै आएको छ’ वडाध्यक्ष केसीले भने, ‘खासगरी बागलुङ बजारबासी हाइकिङका लागि त्यहाँ पुग्ने गरेका छन्, बागलुङबजारको पूरै दृश्य देखिने उक्त स्थल धेरैको रोजाइमा पर्न थालिसकेको छ ।’

पदमार्गका लागि भिरलाखुरी पुग्नुभएका स्थानीय पर्यटन अभियान्ता सुलभ खड्काले भिरलाखुरी स्थल उत्कृष्ट गन्तव्य बन्न थालेको बताउनुभयो । बागलुङबाट बिहान मर्निङक वाक गर्नेहरु समेत त्यहाँ पुग्ने गरेका छन् ।

पदमार्गसहित बागलुङ बजार र कुश्मा बजारको दृश्वावलोकन गर्न, फोटो तथा भिडियो खिच्न यहाँ आउने गरेको स्थानीय रामजी नेपालीले जानकारी दिए ।

‘सूर्योदय र सूर्यास्तको दृश्यले मनै लोभ्याउने भएकाले त्यहाँ आउनेको सङ्ख्या वृद्धि भएको छ, बागलुङ बजारबाट हिँडेर ४५ मिनेट र मोटरसाइकलमा १० मिनेटमै त्यहाँ पुग्न सकिन्छ’ उनले भने, ‘टाढाको गन्तव्यमा जान समय र पैसा दुबै खर्च हुन्छ, समय र खर्चको बचतसँगै प्रकृतिसँग रमाएर दृश्वावलोकन गर्न भिरलाखुरी भ्यु पोइन्ट गज्जबको पर्यटकीय गन्तव्य हो ।’

नेपालीले भिरलाखुरीको थप प्रचार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । नेपाली र वडाकार्यालयको नेतृत्वमा दुई हप्ताअघि मात्रै भिरलाखुरीको प्रबद्र्धनमा सामूहिक पदमार्ग आयोजना गरिएको थियो । समुद्र सतहदेखि जम्मा एक हजार तीन सय ५० मिटरको उचाइमा रहेको उक्त स्थलको प्रचारप्रसार र पूर्वाधारको विकाससँगै चर्चामा आएको हो ।

भिरलाखुरी आमा समूहकी अध्यक्ष सङ्गीता परियारले अघिपछि ४०र५० जना र शनिबार एक सय भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका र पर्यटकको चहलपहलले आफूहरुमा उत्साह थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu