ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिमा ओली र नेपाल सँगसँगै


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ४ : ४३   बजे

काठमाडौं, ११ भदौ, । २०७८ भदौ २ गते पार्टी विभाजनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा बिरलै बसेका छन्। राजकीय कार्यक्रमहरूमा बाहेक उनीहरू एउटै मञ्चमा देखिँदैनन् पनि।

गत मंगलबार भदौ ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा एमाले अध्यक्ष ओली गएनन्।
अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया पर्छ भनेर ओली बैठकमा नआएको टिप्पणी गरे।

अध्यक्ष नेपालको यही अभिव्यक्तिबाट प्रष्ट हुन्छ, उनीहरू एक(अर्कालाई देख्नेबित्तिकै पनि आफूलाई कति असहज महसुस गर्छन्। र, देख्नै नपरे हुन्थ्यो ठान्छन्

सोमबार यी दुई अध्यक्ष एउटै लहरमा बसे। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको निर्वाचनमा उनीहरू एउटै लहरमा बसेका हुन्।

पूर्वप्रधानमन्त्रीको हैसियतमा दुवै अध्यक्षलाई सँगसँगै बस्ने बन्दोवस्त मिलाइएको थियो।

एउटै लहरमा सँगै बस्दा दुबै नेताले केही असहज महसुस गरेको उनीहरूको भावभंगीले नै प्रष्ट देखाउँथ्यो।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका तर्फबाट राजकिशोर साहको उम्मेदवारी परेको थियो।
एकल उम्मेदवारी परेकाले मतदानको प्रक्रिया अघि बढाउनु परेन।

सभापति चयनको विधि पुर्‍याउनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली र नेपाल पनि उपस्थित थिए। सँगै बसे पनि दुई अध्यक्षबीच संवाद भने नभएको सांसदहरूले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu