ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अनुसन्धानमा प्रधानमन्त्री नै तानिए छोड्न आवश्यक छैन’


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   १२ : ३२   बजे

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका काम कुर्सी टिकाउनका लागि नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद असिम शाहको प्रश्नको जवाफ दिँदै उनले निराशावादी भाष्यलाई चिर्न सरकारले राम्रो काम गरेको जिकिर गरे ।

शाहले ‘कुर्सी टिकाउन र दलहरूलाई ‘साइज’मा ल्याउन भुटानी शरणार्थी, गौर हत्याकाण्ड, गिरीबन्धु टी स्टेटको विषय उठाएको हो रु’ भन्दै प्रश्न गरेका थिए ।

“सरकारका यी काम कुुर्सी टिकाउनका लागि होइन । बरु, देश र जनता, राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको, केही हुन्न, सबै उस्तै हुन भन्ने निराशावादी भाष्य चिर्न,” उनले भने, “सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको स्थापित गरिएको छ ।”

सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्न नीतिगत, कानुनी सुधारका कार्य अघि बढाएको उनले बताए । उनले कसैलाई बचाउने र कसैलाई अप्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम नगरिएको उल्लेख गरे ।

अनुसन्धानका निकायलाई दोषी नउम्किऊन् र निर्दोष नफसून् भन्ने निर्देशन दिइएको उनले बताए । अनुसन्धानका क्रममा प्रधानमन्त्री नै प्रकरणमा संलग्न देखिए पनि नछोड्न निर्देशन दिइएको उनले जानकारी गराए ।

“यदि, अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन, मेरो पार्टीको कुनै नेताको त के कुरा भन्ने मैले सार्वजनिक रूपमा भन्दै आएको छु,” प्रधानमन्त्री प्रचण्डले भने ।

सबै भ्रष्टाचार प्रकरणलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । छानबिनमा आफ्नो र पराई भनेर विभेद नगरिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group