ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया र सामाजिक सञ्जालले आरोप लगाउँदैमा कोही दोषी हुँदैन : वर्षमान पुन


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   १ : २९   बजे

काठमाडौं, १२ भदौ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले मिडिया र सामाजिक सञ्जालमा आएकै भरमा सत्ता वा प्रतिपक्षी दलको नेता गलत नहुने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले मिडिया तथा सामाजिक सञ्जालले आरोप लगाउँदैमा कोही दोषी नहुने र उनीहरूको पछि राज्यसंयन्त्र जबजरस्ती लाग्न नपर्ने धारणा राखे । उनले तथ्य र प्रमाण पुग्छ भने जो कोहीलाई छाड्न नहुनेमा पनि जोड दिए ।

“सरकारको संयन्त्र दक्ष र स्वतन्त्र छन् विश्वासमा छन् भन्ने बुझ्नु पर्छ । सदनले आवश्यक कार्यदल बनाउने अन्यथा र प्रतिष्ठाको विषय बनाउनुहुँदैन,” उनले भने ।

माओवादी केन्द्रको उपमहासचिव समेत रहेका पुनले अहिले एक शक्तिशाली आयोग बनाइ नेपालको राष्ट्रिय सांस्कृतिक नीति कस्तो हुने भनेर कार्य अघि बढाउनुपर्ने धारणा राखे । साथै उनले धरानदेखि देशका विभिन्न क्षेत्रमा साम्प्रदायिक सद्भाव राख्नुपर्ने चुनौती अहिले देखा परेको जानकारी दिए ।

“विभिन्न आन्दोलनहरूले राजनीतिक परिवर्तनले नयाँ उपलब्धि हासिल गरेका छौँ । देश धर्म निरपेक्ष गणतन्त्र देशको रूपमा काम गरिरहेका छौँ । अतिवादहरू देखा परेका छन् । कुनै पनि यस्ता अतिवादलाई प्रशंय दिनु हुँदैन,” उनले भने ।

उनले प्रत्येक समुदायको सांस्कृतिक स्वायत्तालाई सम्मान गर्नुपर्ने भन्दै विभेदरहित समाज बनाउने दिशामा अघि बढ्नुपर्ने जिकीर गरे ।

साथै उनले शान्ति प्रकृयाको बाँकी रहेको काम पुरा गर्न सदनमा रहेको टीआरसी विधेयक पास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu