ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानविरुद्ध नेपाल : ‘प्लेयर्स टू वाच’


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   १ : २३   बजे

काठमाडौं, १३ भदौ ।  एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एकदिवसीय वरीयताकै शीर्ष स्थानको पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ । पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र पाकिस्तानबीचको खेलअघि  दुवै टिमका समान तीन खेलाडीलाई ‘प्लेयर्स टू वाच’मा राखेको छ ।

नेपाल  कुशल भुर्तेल
नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले एकदिवसीय विश्वकपमा टेस्ट राष्ट्र जिम्बाब्वेविरुद्ध ९९ रन बनाएर सबैको ध्यान खिचेका थिए । नेपाली टिमले पाकिस्तानविरुद्ध पनि कुशलबाट यही लयको आशा राखेको छ ।

सहजै बललाई बाउन्ड्रीको रोपसम्म पुर्‍याउन सक्ने क्षमता बोकेका कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट ४३ इनिङ्समा ९८६ रन प्रहार गरेका छन् । जसमा एक शतक र ६ अर्धशतक समावेश छन् । पाकिस्तानविरुद्ध कुशलको ओपनिङ ब्याटिङले नेपालको लयलाई दिशा दिने निश्चित छ ।

सन्दीप लामिछाने
पाकिस्तानी भूमिको अनुभव भएका एकमात्र नेपाली क्रिकेटर हुन्, सन्दीप लामिछाने । लेगब्रेक गुगलीलाई बलिङ शैली बनाएका सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सबैभन्दा धेरै विकेट लिने बलरसमेत हुन् ।

पाकिस्तानविरुद्ध ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका लागि मैदान उत्रिँदा नेपाली टिमबाट सन्दीपको स्पेल टर्निङ प्वाइन्ट बन्न सक्छ । सन्दीपले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १११ विकेट लिइसकेका छन् ।

बलिङमा गुगलीका कारण ब्याटरलाई भ्रममा राख्ने क्षमता भएका सन्दीप ब्याटिङमा पनि लामो बाउन्ड्रीको सक्षमता राख्छन् । पाकिस्तान सुपर लिग पीएसएलमा बाबर आजम र मोहम्मद रिजवानविरुद्ध बलिङ गरिसकेका सन्दीप पहिलो खेलमा समर्थकको नजरमा रहने निश्चित छ ।

गुल्सन झा
आईसीसी मेन्स क्रिकेट विश्वकप छनोटमा केही उत्कृष्ट संकेत दिएका युवा अलराउन्डर गुल्सनलाई एसिया कपका नजरअन्दाज गर्नु विपक्षीको गम्भीर भुल बन्न सक्छ ।

आक्रमकरूपमा प्रस्तुत हुनु नै गुल्सनको खेल्ने शैली हो । उनले विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेर आफ्नो शैलीलाई प्रमणीतसमेत गरिसककेका छन् ।

विपक्षी इनिङ्सको मिडिल ओभरहरूमा स्कोरिङ रेट घटाउन पनि गुल्सन नेपालका लागि महत्त्वपूर्ण खेलाडी हुने छन् । गुल्सन पाकिस्तानविरुद्धमात्र नभई एसिया कपमै चम्कन सक्ने ठूलो प्रतिभा भएका खेलाडी हुन् ।

पाकिस्तान
बाबर आजम
पाकिस्तानी कप्तान बाबर आजम एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा छन् । बाबर क्रिकेटका तीन वटै संरचनाको ब्याटिङ वरीयतामा शीर्ष पाँच भित्र रहेको विश्वकै एकमात्र ब्याटरसमेत हुन् ।

एकदिवसीय करियरमा बाबरले ५८।४४ का औसतमा ब्याटिङ गरिरहेका छन् । बाबरले एकदिवसीय क्रिकेटमा १०३ खेल खेल्दा पाकिस्तानका लागि पाँच हजार २०२ रन प्रहार गरेका छन् ।

जसमा १८ शतक र २८ अर्धशतक समावेश छन् । कप्तानका रूपमा बाबरले नै नेपालविरुद्ध पाकिस्तानी टिमको नेतृत्व गर्नेछन् । र, जितसहित १५ वर्षपछि पाकिस्तानमा आयोजित प्रतियोगितालाई स्मरणीय बनाउन चाहन्छन् ।

इफ्तिखर अहमेद
पाकिस्तानी टिमलाई कठिन अवस्थामा मध्यक्रम सम्हाल्ने प्रमुख ब्याटरमा पर्छन्, इफ्खिर । १४ एकदिवसीय खेलमा उनले ३६।६२ को औसतमा २९३ रन प्रहार गरेर पाकिस्तानी टिममा आफ्नो महत्व सावित गरिसकेका छन् ।

९५।४३ को स्ट्राइक रेटका साथ अहमेद पाकिस्तानी टिमलाई रनको गति बढाउन आवश्यक अवस्थामा आक्रामक रूपमा प्रस्तुत हुने सक्षमता पनि राख्छन् ।

स्ट्राइक रोटेट गर्न, सहजै बाउन्ड्री प्रहार गर्ने क्षमताका कारण उनको उपस्थितिले पाकिस्तानी टिमको ब्याटिङलाई अझ बलियो बनाउँछ । एसिया कपको पहिलो खेलमा पाकिस्तानी टिम अहमेदबाट स्वभाविक लयको खोजीमा हुनेछ ।

नसिम साह
पछिल्लो एक वर्षयता नसिम साह पाकिस्तानको मुख्य बलरको रूपमा उदाएका छन् । २० वर्षीय युवा बलरले पाकिस्तानका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५ विकेट लिएर आफ्नो लय र क्षमतालाई प्रमाणित गरिसकेका छन् ।

नसिम मुख्यतः विपक्षी टिमको साझेदारी तोड्न र टिमलाई आवश्यक अवस्थामा विकेट दिलाउनमा पोख्त छन् । नेपालविरुद्धको उद्घाटनमा खेलमा पाकिस्तानी टिमबाट नसिम ‘गेम चेन्जर’ बन्न सक्छन् । घातक बलिङका लागि परिचित नसिम ब्याटिङमा पनि लामो बाउन्ड्री प्रहार गर्नसक्ने क्षमता राख्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group