ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ सिरहामा बसेको एमाले बैठकले पारित गरेको प्रस्ताव


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   ५ : ४२   बजे

काठमाडौं, १३ भदौ । नेकपा एमालेको सचिवालय बैठकले आठवटा समसामयिक प्रस्ताव पारित गरेको छ । सिरहामा बसेको बैठकले समसामयिक प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रस्तावमा चौथो महाधिवेशन भएको ३४ वर्ष बितेको उल्लेख गर्दै राष्ट्रियतालाई सुदृढ गर्ने अभियान जारी नै रहेको बताइएको छ । बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारी र तत्कालीन सन्दर्भसमेतलाई सम्मानका साथ स्मरण गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसको भावनालाई आत्मसात गर्ने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ ।

“चौथो महाधिवेशन सम्पन्न भएको आज ३४ वर्ष व्यतित भएको छ । मुलुकको राजनीतिमा पनि ठूला परिवर्तनहरू भएका छन् । मुलुक त्यतिबेला विद्यमान पञ्चायती तानाशाही र राजतन्त्रलाई समाप्त पार्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ ।

जनताका प्रतिनिधिले बनाएको संविधानबाट सञ्चालित छ । जनताका अधिकारहरू संविधानमा संरक्षित छन् । त्यतिबेलाको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी आज देशकै मुख्य राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको छ ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न बाँकी नै छ । राष्ट्रियतालाई सुदृढ गर्ने हाम्रो अभियान जारी नै छ,” गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group