ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई हौस्याँदै विप्लवले भने – ‘भ्रष्टाचारविरुद्ध लड्नुस्, सडक मोर्चामा हामी सम्हाल्छौं’


ABC NEWS
१४ भदौ २०८०, बिहिबार   ६ : २०   बजे

सुर्खेत १४ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले सरकारले भ्रष्टाचार र मानव बेचबिखनविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहालले लड्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लडेमा सडकबाट आफूले साथ दिने चन्दको भनाइ थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेकपाका महासचिव चन्दले भ्रष्टाचारी जोसुकै भएपनि छुट दिन आवश्यक नभएको बताए । उनले आफ्नै पार्टीका नेता भ्रष्टाचार र मानव बेचबिखनमा संलग्न रहेको पाइए पनि कारबाही गर्न आग्रह गरेका थिए । ‘तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस् चोकको मोर्चाबाट हामी लड्छौं,’ उनले भने, ‘कुनै पनि भ्रष्टाचारीलाई छुट दिन आवश्यक छैन । राता हुन्, काला हुन् कि सेता हुन् भ्रष्टाचारीलाई छोड्नु हुँदैन ।’


भ्रष्टाचारी आफ्नै पार्टीका भएपनि कारबाही गर्नैपर्ने चन्दको भनाइ थियो । उनले मानव तस्करीलाई पनि कारबाही गर्नुपर्ने बताए । वर्तमान सरकार बनेपछि भ्रष्टाचारी र मानव तस्करलाई कारबाही भएको चन्दको भनाइ थियो ।

चन्दले प्रधानमन्त्री दाहालविरुद्ध षडयन्त्र भइरहेको पनि दाबी गरेका छन् । राज्यका विभिन्न शक्तिबाट प्रधानमन्त्रीविरुद्ध घेराबन्दी भइरहेको उनको भनाइ थियो । ‘सरकारविरुद्ध घेराबन्दी भएको छ । कानुन, प्रशासन, अर्थतन्त्र, अदालत, सम्पूर्ण प्रशासन यन्त्र, अन्तर्राष्ट्रिय शक्तिबाट घेराबन्दी भएको छ,’ उनले भने । मुलुकको कार्यकारी प्रमुखलाई मुद्दा चलाउने कार्य त्यत्तिकै सतहमा नआएको उनको भनाइ थियो ।

चन्दले वैदेशिक अनुदान सही भएपनि अनुदानको नाममा हुने हस्तक्षेप स्वीकार्य नहुने बताए । विप्लवले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयन गर्दा देशको नेतृत्व प्रचण्डभन्दा बाहेकले गरेको खण्डमा देश युक्रेन बन्ने दाबी गरेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै बिहीबार सो दाबी गरेका हुन्।

‘एमसीसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नुहुन्छ हामीलाई त्यो विश्वास छ। तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ। हेरिराख्नुस्, यो षडयन्त्र हो,’ विप्लवले भने।

यसैबीच माधवकुमार नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् ।

समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै माधव नेपालले कुनै पनि शक्तिले ढाल्न नसक्ने बताए ।

समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपालले सरकारले सही काम गरिरहेको पनि बताए । ‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस्,’ उनले भने, ‘कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन–पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौं ।’

नेपालले सरकारमा रहेका कम्युनिस्ट धारका दलहरूको मोर्चा हुँदा सत्तारुढ कांग्रेस रुष्ट हुन्छ कि भन्नेहरू पनि रहेको तर त्यो सही नभएको बताए । ‘कसै–कसैलाई एकता पचेको छैन । एकताभन्दा सबैले राम्रो मान्नुपर्ने हो । एकातिर मोर्चा छ, अर्कोतिर गठबन्धन भन्ने छन् । गठबन्धनका कम्युनिस्ट मिलेर मोर्चा बनाएकाले कांग्रेसको मनमा चिसो पस्यो कि भन्नेहरू पनि छन्, त्यस्तो केही छैन,’उनले भने ।

सत्तारुढ गठबन्धनमा रहेका सबै एक ठाउँमा रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध चालेको कदममा सत्तारुढ दलहरूको ऐक्यबद्धता रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्रीले आफ्नो पार्टीका हुन् वा अरु पार्टीका जोसुकै पनि भ्रष्टाचारमा संलग्न भए पनि कारबाही चलिरहेको उनले बताए । ‘आफ्नो पार्टीका हुन् वा अरु जुनसुकैले भ्रष्टाचार गरेका छन्, कसैले छुट पाउँदैन,’ उनले भने, ‘सरकारले उहिलेदेखिका भ्रष्टाचारका फाइल खोल्ने गरिरहेको छ । दोषी कोही नउम्किउन्, निर्दोष कोही नपरुन् भन्ने छ ।’

सरकारले काम गरिरहेको र अझै गर्न बाँकी रहेको पनि नेपालको भनाइ थियो । सरकारका काममा सुधार गर्नुपर्ने ठाउँ भने रहेको नेपालले बताए । नेपालमा वैदेशिक हस्तक्षेप स्वीकार्य नरहेको नेपालले बताए । उनले एमसीसी सैनिक विषयसँग नजोडिएको पनि बताए ।

एमसीसी आर्थिक सहयोगमात्रै भएको र यसलाई अन्य विषयसँग जोडिन नहुने बताए । ‘एमसीसी कुनै सैनिक विषयसँग जोडिनु हुँदैन । यो विशुद्ध आर्थिक सहयोग लिएका छौं । आर्थिक सहयोग स्वीकार गर्नुपर्छ । विदेशी पुँजी दिन्छ भने स्वागत गर्नुपर्छ,’ उनले भने ।

विदेशी सहयोग नेपाललाई आवश्यक परेको तर सहयोगका नाममा अनुचित सर्त स्वीकार्य नहुने नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group