ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्बन्ध बिच्छेद गर्न नमान्दा हत्या प्रयास


एबीसी न्यूज
२४ माघ २०७४, बुधबार   ९ : २३   बजे

जनकपुरधाम, २४ माघ । श्रीमानसँग सम्बन्ध बिच्छेद गर्न नमान्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मटितेल शरीरमा छर्किएर आगो लगाएर हत्याको प्रयास भएको खुलेको छ। हजाराको टाउको भन्दा तलको सम्पूर्ण भाग जलेर गम्भीर घाइते भएकी छिन्।

उपचारको लागि काठमाडौंको कीर्तिपुर पुर्याइएको छ। शनिबार बिहान ९ बजे जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि पठाएको थियो।

हार्सरका अलिशेख कवारीका छोरा २४ वर्षका रसिद राईनसँग वैवाहिक बन्धनमा बाँधिएकी हजरा जलिराख्दा श्रीमान रसिद घरमै थिए। उनलाई प्रहरीले घटना स्थलाबाटै नियन्त्रणमा लिएको हो। माइती पक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिका सम्पूर्ण सदस्यले मटितेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँचजना विरुद्ध उजुरी दिएको छ।

हजराकी आमा जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुनमाथि उजुरी दिएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ। तर, प्रहरीले हालसम्म हजराको श्रीमान रसिदलाई मात्र पक्राउ गरेको छ।

प्रहरीका अनुसार छिमेकले हजरा आफैँले आगो लगाएको बताएका छन् । तर, हजराका बुबा सकुर राईनले परिवारकै सबैजना मिलेर छोरीलाई जलाएर मार्ने प्रयास गरेको कुरा छोरीले होसमा आएपछि सुनाएको बताएका छन्।

‘घरपरिवारका सबैजनाले मर्लाइ जबरजस्ती समातेर घरमा लगे। जिउमा मटितेल छर्केर आगो लगाएर कोठा थुनेर भागे, म चिच्याइरहे, कसैले सुनेन्, आगोले जलेर म बेहोस् भएँ, त्यसपछि के भयो मलाई थाहा भएन’, छोरीलाई उद्धृत गर्दै उनले भने।

छोरीलाई अस्पताल भर्ना गराएर घर फर्किएका बुबा सकुरका अनुसार केही महिनादेखि श्रीमानसहित घरपरिवारले हजरालाई नराख्ने, सम्बन्ध विच्छेद गर्ने भन्दै यातना दिँदै आएका थिए। त्यस पश्चात आफूहरुले प्रहरीमा उजुरी दिएपछि गत पुस ३० गते मात्र जिल्ला प्रहरी कार्यालय धनुषा भित्र रहेको महिला तथा बालबालिका कार्यालयमा पञ्चायत भई अब यातना नदिने र हजरालाई १२ दिनभित्र नागरिकतासमेत बनाइदिने सहमति भएको थियो। यद्यपी पञ्चायत भएको एक महिना नबित्दै यो घटना सार्वजनिक भएको हो।

छोरीलाई अहिलेसम्म नागरिकतासमेत नबनाइदिएको र आफूले बेलाबखत फोन गर्न दिएको मोबाइल र सीमकार्डसमेत श्रीमानले खोसेर भलाकुसारीसमेत गर्न नदिने गरेको सकुरको आरोप छ।

बुबा सकुरले छोरी गम्भीर घाइते भएर अस्पतालमा भर्ना हुँदा ससुरा पक्षले एक पैसा नदिएको र आफू गरिबीको कारण उपचार गराउन समस्यामा परेकोसमेत दुखेसो पोखे।

उनले भने जाहेरी दिएको मध्ये ज्वाईलाई मात्र प्रहरीले पक्राउ गरेको छ र अन्य अभियुक्तलाई पक्रेर घटनाको सत्यतथ्य बाहिर ल्याउनु साटो उल्टै हत्यालाई आत्महत्या बनाउने प्रयास भएको छ। हजराको उपचार र हेरचाहका लागि उनकी आमा अहिले काठमाडौं अस्पतालमै बसेकी छिन्। अन्नपूर्ण अनलाईन बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russia Warns UK of Consequences for Drone Use in Attacks

Trump Threatens Military Action Against Oman Over Strait of Hormuz Deal

Explosion Near Kabul School Injures Several Students

Likud Party Primaries Set Stage for Israel’s Upcoming Election

Syria Investigates Death of ‘White Helmet’ Rescuer in Police Custody

Afghanistan Marks Five Years Since Chaotic US Withdrawal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu