ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समाजवादी मोर्चा निर्वाचनका लागि मात्र होइन’, ‘माधव नेपालले सफाइ पाइसक्नुभयो’ : प्रम प्रचण्ड


ABC NEWS
१५ भदौ २०८०, शुक्रबार   ४ : ५४   बजे

काठमाडौँ १५ भदौ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा निर्वाचनका लागि गठन नभएको दाबी गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चा निर्वाचनउन्मुख नभई नयाँ समाजवादी क्रान्तिका लागि भएको दाबी गरे । मोर्चा गठनमा कुनै पार्टीगत र व्यक्तिगत स्वार्थ नभएको भन्दै उनले सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउन आग्रह गरे ।

‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन । निर्वाचनका लागि अर्कै मोर्चा बन्छ । यो मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि गठन भएको हो’, उनले भने, ‘एउटै विचार र उद्देश्यमा केन्द्रीकृत हुनु गर्वको विषय हो । पार्टीगत कुनै स्वार्थ छैन । समाजवादी क्रान्तिको लागि एकताबद्ध भएको हो ।’

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा पुरानो एकता नभएको जिकिर गर्दै नयाँ विचार, दर्शन र सिद्धान्तको आधारमा नयाँ एकता भएको जिकिर गरे । सहमति, सहकार्य र एकताको आधारमा मात्रै नयाँ क्रान्ति हुने भएकाले मोर्चा गठनबारे भ्रमित नहुन उनले आग्रह गरे ।
माधव नेपालबारे प्रचण्ड स् उहाँले सफाइ पाइसक्नु भयो, अब कसैले तर्साउन सक्दैन

माधव नेपालले सफाइ पाइसक्नु भयो, अब कसैले तर्साउन सक्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सफाइ पाइसकेको बताएका छन्।

पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधनका क्रममा दाहालले ललिता निवास प्रकरणबाट नेपालले उन्मुक्ति पाइसकेको बताएका हुन्।

भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा आफूले माओवादी नेताहरु पनि नछुट्ने गरी अनुसन्धान गर्न भनेको बताए।

‘माओवादी नेताहरु पनि कोही सुनमा, कोही के मा जोडिएको सुन्छु। तर मैले सबैलाई समात्नु छु भनेको छु’, उनले भने, ‘दोषी छ भने जोसुकै होस् कोही नछुटुन्, मैले नै गल्ती गरेर सडकमा भेटे मलाई पनि कारबाही चलाउन भनेको छु।’

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बालुवाटार प्रकरणमा विनाकारण मुछिएको पनि दाबी गरे।

‘माधवजीकोबारे ललिता निवासमा धेरै प्रश्न उठाएका छन्। तर उहाँ निर्दोष हुनु हुन्छ भन्ने सावित भइसक्यो’, उनले भने, ‘औपचारिक रुपमा माधवजीमाथिको प्रश्नको निरुपण भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेपछि उहाँ निर्दोष सावित हुनु भयो।’

उनले अब माधव नेपालमाथि कुनै षड्यन्त्र नहुने पनि बताए। ‘अब माधवजीमाथि षड्यन्त्र हुँदैन। उहाँले सफाइ पाइसक्नु भयो’, उनले भने, ‘सीआईबीले बयान लिएर मुद्दा नचलाउने निर्णय गरिसकेपछि अब उहाँलाई कसैले तर्साउन सक्दैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group