ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमै उपचार नपाउँदा बालकको मृत्यु भएको अध्ययन टोलीको निष्कर्ष


एबीसी न्यूज
१५ भदौ २०८०, शुक्रबार   ५ : ०५   बजे

काठमाडौं, १५ भदौ । । भक्तपुरको बाल सुधारगृहमा एक बालकको मृत्यु र बालबालिका सुधारगृहबाट बाहिरिएको घटनामा सुधारगृह प्रशासनको लापरबाहीु देखिएको छ । इन्सेकको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीको प्रतिवेदनमा बाल सुधारगृहको सञ्चालन गर्ने संस्था युसेपको लापरबाही र प्रशासनको उदासीनताका कारण घटना भएको उल्लेख छ ।

सुधारगृह प्रशासनको बेवास्ताकै कारण समयमै उपचार नपाउँदा १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । अध्ययन टोलीले आज सार्वजनिक गरेको प्रतिवेदनमा ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ ।

होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर पठाएको र ०८० भदौ ३ गते बिहान ६ बजेतिर बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै मध्यपुर थिमि नगरपालिका–३ गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको बालबालिकाले बताए, प्रतिवेदनमा भनिएको छ ।

सुधारगृह प्रशासनको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै भदौ ३ गते नै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सुधारगृहमा रहेका बालकहरूले सुधारगृहभित्र र मृतकका आफन्तले सुधारगृह परिसरमा नाराबाजी गरेका थिए । सोही क्रममा प्रहरीसँगको झडपपछि सुधारगृहभित्र रहेका २२१ जना बालक सुधारगृहको पछाडिको ढोका फोडेर बाहिर निस्किएको इन्सेकले जनाएको छ ।

कारागार व्यवस्थापन विभाग मातहत रहेको र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम यूसेप नेपालको व्यवस्थापनमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा सञ्चालित बाल सुधारगृहमा जिल्ला अदालत रामेछापको ०७७ जेठ २९ गतेको आदेशमा बस्नेत थुनामा रहेका थिए । बाल सुधारगृह प्रशासनले भदौ ३ गते बिहान ६ बजे बालकलाई मध्यपुर थिमि नगरपालिका–३ गट्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा उपचारका लागि लगेकझ थियो । तर, अस्पतालमा पुर्‍याउनुअगाडि नै उनको मृत्यु भइसकेको अस्पताल प्रशासनले अनुगमन टोलीलाई जानकारी दिएको इन्सेकको भनाइ छ ।

अध्ययन टोली समस्या समाधानका लागि विभिन्न सुझाव पनि दिएको छ । बाल सुधारगृहका सम्बन्धमा दीर्घकालीन रूपमा बाल सुधारगृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधारगृहभित्रको आन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधारगृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको छ ।

बाल सुधारगृहको सञ्चालनको जिम्मा सरकारले नै लिनुपर्ने र सुधारगृहलाई सुधारगृहकै रूपमा विकास गर्नु आवश्यक छ । बाल सुधारगृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक छ,ू प्रतिवेदनमा उल्लेख छ ।

सुधारगृहभित्र रहेका बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था नगरेको, मानसिक स्वास्थ्यमा हेरचाह नगरेको, खानपिन, खानेपानीको प्रबन्ध नगरेको र वृत्ति विकासका लागि कुनै पहल नगरेको जनाउँदै भदौ ४ गते सुधारगृहका बालबालिका आन्दोलित भएका थिए । सोही क्रममा सुधारगृह प्रशासनले कुनै सुनुवाइ नगरेपछि बालकहरूले सुधारगृहमा तोडफोड गरेका थिए ।

सो क्रममा भएको झडपमा परी नेपाल प्रहरीतर्फ ११ जना र सशस्त्र प्रहरीतर्फ आठ जना गरी १९ जना र १० जना बालकसमेत घाइते भए । घाइते बालकमध्ये रबरको गोली लागेका ९घाइतेका आफन्तको भनाइअनुसार एक जनाको अवस्था गम्भीर रहेको छ । उनको उपचार राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा भइरहेको छ । घटनापछि बाहिर निस्केका २२१ जना बालकमध्ये अझै चारजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu