ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग विद्युत व्यापार र कर्णाली सडक करिडोर सम्झौता हुँदैछ : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
१५ भदौ २०८०, शुक्रबार   ५ : ०७   बजे

काठमाडौं १५भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका बेला हुने सम्झौताहरू टुंगो लागेको बताएका छन्। शुक्रबार चिनियाँ राजदूतसँग छन् सोङ गहन छलफल गरी पोखरा पुगेका प्रधानमन्त्री प्रचण्डलले मन्त्रालयगतरूपमा सम्झौता हुने विषयहरू टुंगो लागेको बताए। प्रधानमन्त्री प्रचण्डले चीनसँग विद्युत व्यापार सम्झौता हुने बताए। उनले ऊर्जा क्षेत्रमा पनि चीनसँग सम्झौता हुने बताए।
त्यसका लागि रसुवामा ट्रान्समिशन लाइन जडान गरिने बताएका छन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विभिन्न क्षेत्रबाट उडान गर्ने विषयमा पनि छलफल हुने बताए। प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् ।

‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ । साथै, पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्नेछु’, प्रचण्डले भने ।

समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधारअन्तर्गत सुदूरपश्चिम र कर्णालीलाई जोड्ने हिल्सा–सुर्खेत सडकका विषयमा सम्झौता हुने बताए। उक्त परियोजनाले सुदूरपश्चिम र कर्णालीका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने बताए। उनले मुस्ताङबाट चीन जोड्ने कोरला नाका, गोरखाबाट चीन जोड्ने नाकाका विषयमा पनि छलफल हुने बताए।

उनले नेपालको कृषि क्षेत्रमा चीनको विशेष चासो रहेकोबताउँदै त्यससम्बन्धी विविध विषयमा छलफल हुने बताए। उनले चीनसँग घाँस निर्यात र राँगाको मासु निर्यात गर्ने विषयमा छलफल हुने बताए। चीनमा घाँस र राँगाको मासुको उच्च माग रहेको बताउँदै नेपालालई अर्बौं खर्बौंको आम्दानी हुने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu