ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचै वर्ष प्रधानमन्त्रीबाट हट्नुपर्दैन जस्तो पो लाग्न थाल्यो : प्रम प्रचण्ड


ABC NEWS
१६ भदौ २०८०, शनिबार   ४ : ५८   बजे

काठमाडौं १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पाँच वर्ष नै सत्ताबाट हट्नु नपर्ने अवस्था बन्दै गएको बताएका छन्।

काठमाडौंको चन्द्रागिरिमा शनिबार आयोजित पार्टीको विशेष रुपान्तरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले आफूले अहिले गरिरहेको कामका कारण त्यस्तो परिस्थिति बन्दै गएको बताए।

‘३२ सिटको नेता भएकाले प्रधानमन्त्री बन्दै गर्दा कति दिन रहने हो भन्ने थियो। १५ दिन, एक महिना, २ महिना जति दिन रहन्छु राष्ट्र र जनताको पक्षमा इमानदार भएर काम गर्नेछु र मलाइ जसले हटाउनेछन् तिनका विरुद्ध जनताको बीचमा गएर आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गरेको थिएँ’ प्रचण्डले भने, ‘तर अहिले आठ महिना हुँदैछ म त हट्न परेको छैन । मलाई लाग्छ सायद पाँचै वर्ष हट्न पर्दैनजस्तो देख्दैछु मैले । जनताको साथ समर्थन प्राप्त हुँदै गयो भने हाम्रो गठबन्धन पाँचै वर्ष चल्छ।’

उनले संख्याको बलमा आफू प्रधानमन्त्री नभएको पनि बताए।

‘संसदमा सिट संख्याको बलमा म प्रधानमन्त्री भएको होइन । ३२ सिटले प्रधानमन्त्री हुने तागत राख्दैन। ८० र ९० सिट भएकाहरूको अगाडि सजिलो कुरा त होइन ।’ उनले भने, ‘इतिहासको तागत, हाम्रा सहीद, बेपत्ता योद्धाहरूको तागत र हाम्रो पार्टीको राजनीतिक एजेन्डाको तागतले देशको नेतृत्व गर्ने अवसर प्राप्त भयो ।’

सरकारको सुशासन अभियानले प्रतिक्रियावादीहरु अत्तालिएको उनले टिप्पणी गरे।

‘एकथरी मान्छेहरू अहिले यो सरकार र गठबन्धनसँग अत्तालिएका छन्, विक्षिप्त भएका छन् । महान अभियानले गर्दा माओवादी फेरि ६४ तिर फर्किने भयो भन्ने आतंक छ।’ उनले भने, त्यसकारण अनेक षडयन्त्र गर्दैछन् । देश र राज्यलाई शुद्धीकरण गर्ने यो महान अभियानको सुरुवात हो रोकिनेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group