ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा सकभर चुनाव नगर्न ओलीको आग्रह, पद्मा अर्याललाई जिम्मा दिएर काठमाडौं फर्किए


एबीसी न्यूज
१७ भदौ २०८०, आइतबार   ११ : ४९   बजे

काठमाडौ भदौ १७ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएर अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्केका छन् ।काठमाडौं फर्किनुअघि आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै ओलीले एकताबद्ध भएर जान प्रतिनिधिलाई निर्देशन गर्दै पार्टीको सबै निर्णय गर्ने अधिकार अर्याललाई दिए ।

एउटा पद नहुँदै केही बिग्रिने छैन, म नभए पनि विष्णुजी नभए पनि सबै अधिकार इन्चार्ज अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उनले सुनाउछन, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ, ओलीले भने । नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न उनले आग्रह गरे ।मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् । लुम्बिनीले नमूना देखाउँछ भनेर पहिले नम्बरमा राखेका हौं’, अध्यक्ष ओलीले भने, ‘एउटा पद नहुँदैमा केही बिग्रिँदैन । नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन । तपाईँहरू एकताबद्ध भएर जानै पर्छ । तपाईँहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ ।’अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पदमा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे ।

अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्‍यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’प्रतिनिधिहरूलाई समेत इन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । अध्यक्ष ओलीले पार्टीभित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।‘पार्टीको निर्णयमा, पार्टीको हितमा, देशको हितमा अघि बढौं ।

आन्दोलन सफल बनायौँ भने मात्रै अवसरहरू प्राप्त हुन्छन् । हामी सफल हुन्छौँ ’, ओलीले भने ।नेकपा एमाले अन्य पार्टीजस्तो ल्याङफ्याङ हुने छुट नभएको बताउँदै उनले इगो त्यागेर एकताबद्ध र सुदृढ हुनु पर्ने बताए ।शनिवार रातीसम्म सहमतिको प्रयास भए पनि कुनै टुंगो लागेको छैन । नेतृत्वको लागि समूह बनाएका नेताहरूलाई ओलीले बोलाएर यस्तो नगर्न निर्देशन दिएका स्रोतले बतायो ।

सहमतिमा उपाध्यक्ष विष्णु पौडेलसमेतको टोलीले अध्यक्षलाई सिफारिस गरे पनि अझै कुनै टुंगो लागेको छैन ।अध्यक्षका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल नेतृत्वको आकांक्षी रहेका छन् । महासचिव शंकर पोखरेल चीन जाने भएकाले शनिवार नै फर्केका हुन् भने उपाध्यक्ष पौडेल पनि अध्यक्षसँगै काठमाडौं फर्केका छन् ।अधिवेशनमा कावा महासचिव प्रदीप ज्ञवाली भए पनि अध्यक्ष ओलीले प्रदेशको इन्चार्ज रहेकी सचिव पद्मा अर्याललाई पार्टीको आधिकारिक निर्णयको अधिकार दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group