ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक साताअघि नै जन्मिएका थिए बालेनका जुम्ल्याहा छोरी, समाचार बाहिर नल्याउन अस्पतालसँग सहमति


एबीसी न्यूज
१७ भदौ २०८०, आइतबार   १ : ०१   बजे

काठमाडौं,१७ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन पत्नी सबिनाले एक साताअघि नै दुई शिशुलाई जन्म दिएको खुलेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा सबिनाले एक सातअघि नै दुई छोरीलाई जन्म दिएको अस्पताल स्रोतले बताएको छ ।

जुम्ल्याहामध्ये एक छोरी मात्र जीवित रहेको र ति शिशुको एनआईसीयूमा उपचार भइरहेको बताइएको छ । सबिना भने दुई दिनअघि नै डिस्चार्ज भएको र छोरीलाई अझै किहीदिन अस्पतालमै राख्नुपर्ने भनिएको छ ।

अस्पताल स्रोतले दिएको जानकारीअनुसार समय नपुग्दै सबिनालाई बेथा लागेको थियो । त्यसपछि अस्पताल भर्ना गरिएको थियो ।

बालेनकी श्रीमती चढेको गाडी ‘एक मिनेटमात्रै’ रोकिएको थियो।

आफ्नो सन्तानको जन्मबारे बालेनले ‘मलाई यसबारे कसैलाई जानकारी दिनु छैन, मिडियामा पनि प्रचार गर्नु छैन, यहाँबाट पनि कुनै जानकारी बाहिर नजाओस् भनेर’ अस्पतालसँग सहमति गराएको स्रोतले बतायो ।

छोरी अस्पतालको एनआईसीयूमा नै राखिएकाले सबिना शनिवार दिउँसो अस्पताल पुगेर फर्किएको बताइएको छ । महानगरपालिकाको सरकारी गाडीमा रहेको र सोही गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो ।

सोही घटनालाई लिएर बालेनले आगामी दिनमा महानगरको गाडी रोकिए सिंहदरबारमा आगो लगाउने धम्कीसहितको फेसबुक स्टाटस लेखेका थिए । स्टाटसको व्यापक आलोचना भएपछि आइतबार बिहान बालेनको अफिसियल मिडियाको रुपमा प्रयोग हुँदै आएको रुटिन अफ नेपाल बन्दले बालेन दम्पतीलाई लक्ष्मी प्राप्त भएको भन्दै बधाईसहितको पोष्ट राखेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group