ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले लुम्बिनीको नयाँ नेतृत्वमा भएन सहमति, कँडेल र रिजालबीच प्रतिस्पर्धा हुने


एबीसी न्यूज
१७ भदौ २०८०, आइतबार   ४ : २३   बजे

काठमाडौं,१७ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गर्न असफल भएको छ।

अध्यक्ष केपी शर्मा ओलीलेसमेत सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिए पनि प्रदेश अध्यक्षका लागि चुनाव नै हुने अवस्था आएको हो।

खासगरी एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षबीच अघोषित प्रतिस्पर्धा र द्वन्द्व देखिएको लुम्बिनीमा नेतृत्वका लागि चुनाव हुने भएको हो।

शनिबारदेखि बुटवलमा जारी प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनाव गर्न लागिएको हो।

एकजना पोलिटब्युरो सदस्यका अनुसार अब अध्यक्षका आकांक्षी हरि रिजाल र राधाकृष्ण कँडेलबीच सहमति नजुटेको हो।

एमाले केन्द्रीय सदस्य रिजाल महासचिव शंकर पोखरेलको साथ लिएर प्रदेश अध्यक्षको उम्मेदवार बनेका छन्।

वर्तमान अध्यक्ष कँडेल उपाध्यक्ष बिष्णु पौडेलको साथ लिएर फेरि दोहोरिन चाहन्छन्।

तर उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अधिवेशन उद्घाटन समारोहमा कुनै उम्मेदवारलाई नबोकेको बताएका थिए।

यसबीच महासचिव पोखरेलले आफ्नो प्रतिनिधि बनाएर पोलिटब्युरो सदस्य चेतनारायण आचार्यलाई अधिवेशनमा खटाएका छन्।

उपाध्यक्ष पौडेलले अर्का पोलिटब्युरो सदस्य खिमलाल भट्टराइलाई खटाएका छन्।

आचार्य र भट्टराई महासचिव र उपाध्यक्षको प्रतिनिधिका रुपमा अधिवेशनस्थलमा खटिएका छन्।

उता प्रदेश कमिटी सदस्य तय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको छ। तर पदाधिकारीमा भने चुनाव हुने देखिएको छ।

चुनाव हुने अवस्थामा भएमा आइतबार साँझसम्म मनोनयन दर्ता गरेर सोमबार बिहानदेखि मतदान गर्ने तयारी छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu