ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलबाट ‘पास’ भएको गाँजा र चरेस हङकङमा बरामद, छानबिनमा जुट्यो प्रहरी


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   १ : १४   बजे

काठमाडौं, १८ भदौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलो सुन तस्करी प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरिरहेको छ ।

हङकङबाट कार्गोमार्फत ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको सुन भन्सारकै कर्मचारीको मिलेमतोमा बाहिरिएको खुलेको थियो । गएको साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट सो सुन बरामद गरेको हो ।

सुन प्रकरणले विमानस्थलको सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न उठाइएको छ । ठिक यही बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा उत्पादित लागुऔषध गाँजाचरेस बाहिरिने गरेको तथ्य बाह्रखरीले फेला पारेको छ ।

गएको साउन २६ गते नेपाल एयरलाइन्सको विमानमार्फत गाँजा र चरेस हङकङ पुर्‍याइएको खुलेको हो । विराट ग्लोबल प्राइभेट लिमिटेडमार्फत कार्गोबाट नै गाँजा र चरेस हङकङ पुर्‍याइएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

हङकङ प्रहरीले उक्त गाँजाचरेस नियन्त्रणमा लिएपछि नेपाल प्रहरीलाई जानकारी गराएको थियो । साउन ३१ गते हङकङ प्रहरीले पत्राचार गरी नेपाली अधिकारीलाई जानकारी गराएको हो ।

नेपालबाहिर पठाइने कार्गोको साम्रगी ‘चेकिङ’मा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली खटिने गरेको छ । हङकङमा बरामद गाँजाचरेस त्रिभुवन विमानस्थलबाट कसरी सजिलै बाहिरियो भन्नेबारे ब्युरोले आन्तरिक छानबिन सुरु गरेको छ । ब्युरोका प्रहरी नायब उपरीक्षक डीएसपी अनन्तराम शर्माको नेतृत्वमा छानबिन समिति बनाइएको ब्युरो स्रोतले जानकारी दिएको छ ।

को–को थिए कार्गोका सामग्री चेकिङमा रु
ब्युरो स्रोतका अनुसार साउन २६ गते वरिष्ठ सई निरन्जन पनेरुले कार्गो चेकिङको नेतृत्व गरेका थिए । प्रहरी सहायक निरीक्षक असईद्वय कैलाश राउत र विष्णुबहादुर थापासहित हवल्दार निरकुमारी राई र प्रदीप बस्नेत समेत त्यहाँ खटिएका थिए । पनेरुकै संलग्नतामा गाँजाचरेस बाहिरिएको आशंका गरिएको छ ।

विराट ग्लोबल प्राइभेटका सञ्चालकसँग पनेरुको सम्बन्ध रहेको खुलेको स्रोतले बतायो । कार्गोमार्फत गाँजाचरेस पठाउँदा वरिष्ठ सई पनेरुले नै सहजीकरणका लागि निर्देशन दिएको ब्युरोको प्रारम्भिक छानबिनमा देखिएको छ ।

पनेरु विगत नौ वर्षदेखि लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत छन् । उनी यसअघि समेत विवादमा मुछिएका प्रहरी कर्मचारी हुन् । त्यति बेला उनलाई २ नम्बर प्रहरी गण ९सामाखुसी०मा तानिएको थियो । शक्तिकेन्द्रको दबाबमा उनी पुनः सोही ब्युरोमा फर्किएका हुन् ।

ब्युरोको प्रारम्भिक छानबिनका क्रममा किताबका रूपमा ‘प्याकिङ’ गरेर गाँजाचरेस तस्करी गरिएको देखिएको छ । त्यसलाई बिनाचेकिङ पठाइको समेत खुलेको छ ।

ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले सो घटना भएको पुष्टि गरे । तर, त्यसबारे अहिले नै केही बोल्न नमिल्ले उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group