ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कपमा नेपालले भारतसँग खेल्दा बत्ती जाँदैन : प्राधिकरण


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   १ : २२   बजे

काठमाडौं, १८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार आज एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

अधिकांश नेपाली यो खेलको प्रतिक्षामा छन् । तर, बेला बेला झ्याप्प–झ्याप्प हुने ‘अघोषित लोडसेडिङ’ले काठमाडौं उपत्यकाबासी हैरान छन् । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई कतै बत्ती नजाने बताउँछन् । तर, अपरझट रूपमा रुखले तार छोयो वा टान्समिटर पड्किएमा केही भन्न नसकिने उनी बताउँछन् ।

“लोडसेडिङ काहीँ पनि छैन । कहिले काहीँ इमर्जेन्सी आगो लाग्यो भने अथवा रुखले तार छोयो भने लाइन अवरूद्ध हुने हो,” उनले भने, “हावा, हुरी–बतास कतै चल्यो भने केही भन्न सकिँदैन । आज काहीँ अवरूद्ध हुँदैन ।”

तर, प्राधिकरणले भने आज ११ बजेदेखि बेलुका ६ बजेसम्म ठिमी प्रसारण केन्द्रको बालकुमारी फिडरअन्तर्गत पर्ने सिरुटार डोलबाट सेक्सन लाइजर र ब्लेट स्विच काटिने बताइएको छ । ११ किलोभोल्ट लाइनमा परेको रूखका हाँगाहरू, बाँस कटान कार्यको लागि आज उक्त लाइन सटडाउनमा राखी कार्य गर्नुपर्ने भएको बताइएको छ ।

यो लाइनअन्तर्गत पर्ने सिरूटार, बिरुवा, तर्खाल, सिकारिटार, कालीटार, दधिकोट क्षेत्रमा लाइन अवरूद्ध हुने जानकारी दिइएको छ ।

त्यस्तै, जोरपाटी प्रसारण केन्द्रको गोठाटार फिडरअन्तर्गत पर्ने मान्टार, डोटेल डेरी वडा नं। ९ कार्यालय, हात्तीडाँडा, ओपिटार, गोठाटार हेल्थपोस्ट, पहेँलोपुल क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । ११ केलोभोल्ट ‘कन्डक्टर अपग्रेटिङ’ कार्यका लागि आज १० बजेदेखि बेलुका ५ बजेसम्म उक्त फिडर सटडाउनमा राखी कार्य गरिने बताइएको छ ।

तर, यो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा लाइन सुचारू हुन सक्ने पनि बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu