ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको चीन भ्रमण : परराष्ट्रमन्त्रीले सुनाए आधा दर्जन एजेन्डा


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   १ : ३५   बजे

काठमाडौं, १८ भदौ । आगामी असोज पहिलो साता हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा करिब दर्जन एजेन्डामा छलफल तयारी सरकारले गरेको छ।

परराष्ट्रमन्त्री एनपी साउदले सोमबार सोलुखुम्बुमा पत्रकारहरुसँगको कुराकानी क्रममा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा कृषि विकासदेखि, उत्तरी नाका खोल्ने र सडक विस्तारसम्मका एजेन्डा तय गरिएको बताए।

‘आगामी असोजमा प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ। त्यो भ्रमणमा कृषि विकाससम्बन्धी एजेन्डा पनि छन्’, उनले भने, ‘त्यसैगरी चीनका राष्ट्रपति सी चिनफिङ नेपालमा आएका बेला चीनले प्रतिवद्धता जनएका अनुदान राशिहरुका लागि प्राथमिकताका आधारमा योजना छुट्टाउने विषय पनि भ्रमणको एजेन्डामा छ।’

उनले उत्तरतर्फ साना ठूला गरी दर्जनभन्दा बढी नाका रहेका बताउँदै तिनको नियमित सञ्चालनबारे पनि कुरा हुने बताए।

‘चीनसँग जोडिएका हाम्रा नाकाहरु छन्। केही नियमित नाका छन्। ती नाकाबाट अहिले ब्यापार र आवातजावत भइरहेको छ। तर तिनलाई कोरोना महामारी अगाडिको अवस्थामा लगेर खोल्ने कुरा भएको छ’, उनले भने, ‘त्यस्तै सिजनल ८र१० नाकालाई पनि निश्चित समयसम्म खुल्ने बनाउँछौँ।’

साउदले संखुवभासमाको किमाथांकासहितका चीनको सीमाक्षेत्रमा जलविद्युत् परियोजना अघि बढाउने कुरा पनि भ्रमणमा हुने बताए।

‘चीनको सीमाक्षेत्रमा भएका हाइड्रो प्रोजेक्टमा चिनियाँ लगानी ल्याउने कुरा पनि एजेन्डामा छ। रसुवागढी र किमाथांकाबाट ट्रान्समिसन लाइन निर्माणबारे पनि भ्रमणमा कुरा हुँदैछ’, उनले भने, ‘त्यसैगरी पूर्वदेखि पश्चिमसम्मको सडक निर्माणको कुरा पनि चीनमा हुनेछ। सेती करिडोर र हिल्सादेखि सुर्खेतसम्म सडक बनाउने कुरा पनि एजेन्डामा छ। नुवाकोट(छहरे टनेल बनाउने र कोदारी राजमार्गको अपग्रेड तथा पुनर्निर्माण गर्ने प्रस्ताव लैजाँदैछौँ।’

उनले चीन भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रमा पनि केही परियोजना पनि अगाडि बढाउन सम्झौता हुन सक्ने बताए।

‘निजामती र वीर अस्पताल विस्तारबारे पनि कुरा भइरहेको छ’, उनले भने, ‘चीनसँगको व्यापार घाटालाई पनि ध्यानमा राखेर निर्यात बढाउने कुरा भइइरहेको छ। त्यसका लागि चीनसँग मिलेर नेपालमै केही उद्योग खोल्ने कुरा पनि एजेन्डामा छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group