ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने समझदारी भारतीय मन्त्रिपरिषद्‌बाट स्वीकृत


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   १ : ४९   बजे

काठमाडौं, १९ भदौ । १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारीको मस्यौदालाई भारतीय सरकारले पास गरेको छ। २०१४ को उर्जा व्यापार सम्झौता अनुसार दिर्घकालीन विद्युत् निर्यातका लागि भारतले स्वीकृत दिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद बिक्री सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। उक्त सम्झौता भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको अनौपचारिक जानकारी आएको उर्जा सहसचिव मधु भेटवालले जानकारी दिए।

‘भारत सरकारबाट औपचारिक जानकारी आइसकेको छैन,’ भेटवालले भने, ‘मध्यकालीन र दिर्घकालीन विद्युत् खरिद गर्ने मस्यौदामा उल्लेख रहेको छ।’

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको तर्फबाट २५ वर्षको विद्युत् व्यापार सम्झौता गर्ने प्रस्ताव लगिएको थियो। तर, १० वर्षमा १० हजार मेगावाट विद्युत्् भारतले खरिद गर्ने समझदारी भयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने संयुक्त पत्रकार सम्मेलनमा बताएका थिए। उनले प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी भएको बताएका थिए।

उर्जा मन्त्रालयका अनुसार भारतले औपचारिक रुपमा जानकारी दिएसँगै भारतीय उर्जा सचिव र नेपालका सचिवबीच सम्झौता हुने छ।

‘२०१४ मै विद्युत् व्यापार सम्झौता भएको थियो। त्यसलाई नै सहयोग पुग्नेगरी नयाँ समझदारी हुन लागेको हो,’ प्रवक्ता समेत रहेका भेटवालले भने,‘एकै पटक १० हजार मेगावाट विद्युत् जान उत्पादन छैन। उत्पादन भएपनि प्रसारणलाइन छैन।’

उनले अब विद्युत् खरिदको सुनिश्चितासँगै उत्पादन र प्रसारणलाइन लगायतका पूर्वधार निर्माणमा सहयोग पुग्ने बताए। नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी ल्याउने वातावरण बन्ने भेटवालले बताए।

‘अब नेपालले चाहेका ठूला आयोजना बनाउन सक्छ। विद्युत् खरिदको समस्या हुँदैन भन्ने सुनिश्चिता हो,’ भेटवालले भने।

नयाँ समझदारीले अल्पकालिन विद्युत् व्यापारको विषय भने समेटेको छैन।

भारतले हाल अरुण ३, तल्लो अरुण, पश्चिम सेती, एसआर६, माथिल्लो कर्णाली बनाउने जिम्मा भारतलाई दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu