ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ


एबीसी न्यूज
२५ माघ २०७४, बिहिबार   १२ : ४५   बजे

महोत्तरी, २५ माघ।  स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ ।

आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै माओवादी केन्द्रका नेतासमेत रहनुभएका पूर्वमन्त्री पोखरेलले अहिले अधिकांश अस्पतालमा पूर्वाधार एवं जनशक्तिको अभाव रहेको सन्दर्भमा देशभरि नै स्थानीय तहद्वारा सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनका लागि अस्पताललाई व्यवस्थित गरिनुको विकल्प नभएको धारणा राख्नुभयो ।
बर्दिबास नगरपालिका–३ का बासिन्दा रहेका नेता पोखरेलले आफैले बीमा गराएर बीमा कार्यक्रमको शुरुवात गर्नुभएको हो ।
कार्यक्रममा महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले ग्रामीण भेगको सरकारी स्वास्थ्य संस्थालाई व्यवस्थित नगरेसम्म स्वास्थ्य बीमा कार्यक्रमले गरिबलाई फाइदा नपुग्ने विचार राख्नुभयो ।
प्रदेशसभा सदस्य शारदा थापाले बीमा कार्यक्रम प्रभावकारी भए गरिबले रोग पालेर बस्नु पर्ने दिनको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै अर्का प्रदेश सदस्य भरतप्रसाद साहले भन्नुभयो, “सरकारले ल्याएको बीमा कार्यक्रम उद्देश्यअनुसार लागू भए गरिबका लागि कोसेढुंगा सावित हुन्छ ।”
नेपालको २६औँ जिल्ला महोत्तरीमा स्थानीय सरकारले ‘तपाईं स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ घर घरमा बिहीबारबाट बर्दिबास नगरपालिकाबाट स्वास्थ्य बीमा अभियान सञ्चालनको शुरुवात् गरेकोे स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँका कार्यकारी निर्देशक डा गुणराज लोहनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group