ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   ७ : ३४   बजे

काठमाडौं, २१ भदौ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने परमादेश जारी गरेको छ । सर्वोच्चको पूर्ण इजलासले थापालाई पदमुक्त गरेर सबैभन्दा ठूलो दलको हिसाबले नेकपा एमालेका हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश दिएको छ ।

आज बिहीवार न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो ।

यसअघि पनि सभामुख बाबुराम गौतमको मतसहित विश्वासको मत लिएका थापालाई सर्वोच्चले नै पदमुक्त गरेको थियो । दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले यही भदौको ४ गते सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत मत दिएपछि विश्वासको मत पाउनुभएको थियो । तर सभाध्यक्षकै मतको प्रयोग गरेर विश्वासको मत लिनु संविधान र कानुन विपरीत भएको भन्दै भन्दै एमालेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दिनुभएको थियो ।
आज विश्वासको मत बदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गरेर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन भनेको छ । कोशी प्रदेशमा बहुमतका लागि ४७ जना चाहिनेमा सत्ता गठबन्धन र एमालेको गठबन्धन दुवैसँग बहुमत नहुँदा खिचातानी भइरहेको छ । सत्तापक्षले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने बाटो समातेको थियो तर एमाले र राप्रपाले उपसभामुख र ज्येष्ठ सदस्यहरूलाई बैठकमा अनुपस्थित गराएर सत्तापक्षकै सांसदलाई सभाध्यक्ष बनाउनैपर्ने बाध्यता सिर्जना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu