ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धौलागिरि आधार शिविर क्षेत्रबाट फोहर हटाउने तयारी


admin
२५ माघ २०७४, बिहिबार   ३ : ०९   बजे

म्याग्दी, २५ माघ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउने तयारी गरिएको छ ।

चक्रीय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी फ्याँक्दै आएका फोहरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो ।

आधार शिविरमा वर्षौंदेखिको फोहर थुप्रो लागेर प्रदूषित बन्दै गएपछि यस वर्षदेखि गाउँपालिकाले आधार शिविरलाई स्वच्छ र सफा राख्न फोहर हटाउने अभियानको थालनी गर्न लागेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । “फोहरले आधार शिविरमा प्रदूषण बढेको गुनासो बढिरहेको छ, एकैपटक सबै फोहर हटाउन सक्ने अवस्था छैन, हिमालको फेदीमा थुप्रिएको फोहरको सही व्यवस्थापनको शुरुवात गर्न लागेका हौँ ।”– गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

चालू आर्थिक वर्ष २०७४-७५ मा गाउँपालिका कार्यालयले धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहर हटाउन रु आठ लाख बजेट विनियोजन गरेको छ । यो बजेटबाट मुदीको बगरमा रहेको राउण्ड धौलागिरि युवा क्लबसँग समन्वय गरी फोहर व्यवस्थापनको काम गरिने अध्यक्ष पुनले बताउनुभयो । यो वर्ष विनियोजित बजेट पर्याप्त नभए पनि यो थालनी मात्रै भएको र अन्य निकायसँग समेत समन्वय गरी फोहर व्यवस्थापनको काम अघि बढाइने गाउँपालिका कार्यालयले जनाएको छ ।

राउण्ड धौलागिरि युवा क्लबले गत वर्षसमेत आफ्नै आधार शिविरको फोहर हटाउने काम गरेको थियो । क्लबले तीन पटकसम्म आधार शिविर क्षेत्रमै पुगेर त्यहाँ पुगेका पर्यटकको फोहर व्यवस्थापनमा सम्बन्धित ट्रेकिङ तथा आरोही कम्पनीका पथप्रदर्शकलाई सचेत गराएको थियो ।

क्लबले निरन्तर ताकेता गर्दासमेत पर्यटक लिएर गएका ट्रेकिङ तथा आरोही कम्पनीका गाइडले आधार शिविर क्षेत्रमा सही तवरले फोहर तह लगाउन आनाकानी गर्दै आएको अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गर्नु सकारात्मक रहेको क्लबका अध्यक्ष डिल पुनले बताउनुभयो ।

अहिले आधार शिविरमा पर्यटक लैजाने पथप्रदर्शक अधिकांशले जल्ने र नजल्ने सबै फोहरलाई आगो लगाउने र यत्रतत्र पार्ने गरेर फर्कने गरेको पाइएको छ । थोरै मात्रामा इटाली आधार शिविर क्षेत्रमा ल्याएर फोहर बिसर्जन गर्न थालिए पनि पूर्णरुपमा आफ्नो फोहर व्यवस्थापन नगरी पर्यटक र उनका पथप्रदर्शक फर्कने गरेका छन् ।

पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिण्डर, भारी बोक्ने क्यारी, शिशी, रबर र फलामका भाँडाकुँडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिकलगायतको फोहर आधार शिविरमा थुप्रिएको छ ।

यस क्षेत्रमा हेलिकप्टरमार्फत पु-याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group