ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा भेटियो सुन तस्करीको नयाँ तथ्य, अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबी


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   १ : १८   बजे

काठमाडौं, २२ भदौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । २ साउनमा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरिरहेको छ ।

सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् । बिहीबारमात्रै बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका छन् । उनीमाथि तस्करीको सुन बिक्री वितरण गर्ने र भारतसमेत पठाउने गरेको खुलेको छ ।

यसअघि राजस्व अनुसन्धान विभागको टोलीले १८ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाएको थियो । सुन तस्करी प्रकरणमा हालसम्म तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ, याहो पेचिङसहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

६१ किलो सुनका मालिकमध्ये याहो पेचिङ प्रमुख रहेको अनुसन्धानबाट खुलेको छ । उनी ठूलो मात्रामा सुनसहित यसअघि भारतमा समेत पक्राउ परेको खुलेको छ । उनीहरूबाहेक एकजना तिब्बती मूलका भारतीय नागरिक र विमानस्थल भन्सार कार्यालयका कर्मचारीसहित २७ जना पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरण उच्चतहका कर्मचारी तथा राज्यका उपल्लो तहमा पुगेका मानिसको संलग्नताबिनै ठूलो मात्रामा सुन तस्करी भएको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

“यो समूहले ठूलो मात्रामा सुन तस्करी गरेको देखिन्छ । अनुसन्धानमा भन्सार कार्यालयका तल्लो तहका कर्मचारीसँगको सेटिङमा सुन तस्करी भएको देखिन्छ । पक्राउ परेकाहरूको मोबाइलबाट यो सुन प्रकरणमा नेता र अन्य ठूला कर्मचारीको भूमिका देखिँदैन,” ती अधिकारीले भने ।

हाललाई सुन प्रकरणको पूरक अनुसन्धान गर्न मिल्ने गरेर अनुसन्धान प्रतिवेदन आगामी मंगलबारसम्म बुझाउने तयारी सीआईबीको छ । सुन तस्करीको अनुसन्धान सीआईबीले संगठित अपराध मुद्दा चलाएर गरेको थियो । संगठित अपराधको अनुसन्धान प्रहरीलाई ६० दिन थुनामा राखेर गर्न मिल्ने कानुनी व्यवस्था छ ।

मंगलबार तस्करी प्रकरणमा अनसन्धान सुरु भएको ५६ दिन पुग्छ ।

हङकङ पुगेका एसएसपी अझै फर्किएनन्
प्रहरी प्रधान कार्यालयले सुन तस्करीको अनुसन्धान गर्न सीआईबीका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको थियो । १३ भदौमा हङकङ गएका आचार्य आज शुक्रबार मात्रै नेपाल फर्किने भएका छन् ।

हङकङबाहेक सीआईबीका डीएसपी धर्म भण्डारीलाई भारत पठाइएको थियो । उनी भने दुईदिन अघि फर्किसकेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

सुन तस्करीबारे हङकङबाट भने नयाँ तथ्य फेला परेको एआईजी बज्राचार्यको भनाइ छ । “हङकङमा केही नयाँ तथ्य फेला परेको छ । हामी त्यसलाई थप फेरिफाई गर्दैछौँ । अहिलेनै अनुसन्धानको क्रममै रहेकाले केही बोल्दिन,” एआईजी बज्राचार्यले भनिन् ।

सुन हङकङ हुँदै क्याथे प्यासिफिकको उडानबाट कार्गोमार्फत नेपाल भित्रिएको थियो । भारतबाट भने डीएसपी भण्डारीले दुईदिन अघि बुटवलका सुमन खरेललाई पक्राउ गरेर नेपाल ल्याएका थिए । खरेल चिनियाँ नागरिकबाट सुन लिएर भारतीय व्यापारीलाई बुझाउने काममा सक्रिय रहेको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group