ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरक्कोमा भूकम्प : ५० नेपाली दूतावासको सम्पर्कमा


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   १२ : ४८   बजे

काठमाडौं,२४ भदौ । अफ्रिकी राष्ट्र मोरक्कोमा रहेका सबै नेपाली सुरक्षित रहेको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । इजिप्टस्थित नेपाली दूतावासले मोरक्कोसहित १७ देशलाई हेर्ने गर्छ ।

शुक्रबार राति गएको ६।८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मोरक्कोमा दुई हजारजनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । मोरक्कोमा भूकम्पपछि खोजी तथा उद्धारकार्य जारी छ ।

“मोरक्कोमा रहेका ५० जनाजति नेपालीहरू दूतावासको सम्पर्कमा आउनुभएको छ । त्यहाँ रहेको नेपालीको संख्या लगभग यति नै हो,” मोरक्को समेत हेर्ने जिम्मेवारी पाएका इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले बाह्रखरीसँग भने, “अप्रिय समाचार आएको छैन । सबै नेपाली सुरक्षित नै हुनुहुन्छ ।”

शुक्रबार अबेर राति मोरक्कोमा ६ दशकयताकै सबैभन्दा ठूलो भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्कँदा पुरिएर हालसम्म दुई हजार १२ जनाको मृत्यु भएको अमेरिकी न्युज च्यानल सीएनएनले जनाएको छ ।

भूकम्पका कारण संरचना भत्कँदा पुरिएर गम्भीर घाइते भएका एक हजार ४०४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको काशाब्लाङ्का आसपासका क्षेत्रमा नेपाली बसोबास नगर्ने उनले बताए । “अधिकांश नेपाली मोरक्कोको राजधानी रबातमा बसोबास गर्नुहुन्छ । राजधानी सहरमा भूकम्पले असर गरेको छैन,” राजदूत लम्सालले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

आकाशमै वितण्डा : रक्सीको नशामा युवतीले विमानभित्र कपडा खोलेपछि हंगामा

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

ककरोच जनता पार्टीका संस्थापक दीपकेविरुद्ध जाहेरी दर्ता

जापानमा नेपाली युवती मृत फेला, हत्याको आशंकामा प्रहरी अनुसन्धान

ट्रम्पले होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ घोषणा गरे

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, ३७ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu