ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको भन्सारसँग लागुऔषध पुगेको विषयमा नेपाल प्रहरीले माग्यो विवरण


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   १ : ५४   बजे

काठमाडौं,२४ भदौ । काठमाडौंबाट हङकङ पठाएको सामानमा लागुऔषध भेटिएको घटनाबारे आधिकारिक जानकारी माग गर्दै नेपाल प्रहरीले पत्र पठाएको छ। हङकङको अध्यागमन विभागलाई पत्र पठाउँदै नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले विवरण माग गरेको हो।

‘हामीलाई नेपालकै कार्गो कम्पनीले दिएको जानकारीका आधारमा अनुसन्धान गरिरहेका छौं। त्यहाँबाट आधिकारीक जानकारी आएको होइन। अहिले हामीले कुन लागुऔषध के कति परिणाममा पुगेको भनेर आधिकारीक जानकारी मागेका हौं’, लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोबिन्द थपलियाले जानकारी दिए।

नेपालबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानमा हङकङ विमानस्थलमा भन्सारले चेकजाँच गर्दा लागुऔषध गाँजा फेला परेको थियो। सोही विषयमा अनुसन्धान गरिरहेको ब्यूरोले त्यहाँको भन्सारसँग विवरण माग गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले चेकजाँच गर्ने भएपनि लागुऔषध छिरेपछि प्रहरीमाथि पनि अनुसन्धान भइरहेको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोले छुट्टा छुट्टै छानबिन समिति बनाएर यो घटनाबारे छानबिन गरिरहेका छन्।

विमानस्थल सुरक्षा प्रहरीले एसपी पदम बिष्टको संयोजकत्वमा र लागुऔषध नियन्त्रण ब्यूरोले डीएसपी अनन्तराम शर्माको नेतृत्वमा समिति बनाएर छानबिन गरिरहेको छ। ब्यूरोबाट विमानस्थलमा डीयूटीमा खटिएका प्रहरीहरुलाई जिम्मेवारीबाट तानेर अनुसन्धान भइरहेको छ।

त्यसदिन कार्गोको डीयूटीमा लागुऔषध नियन्त्रण ब्यूरोका वरिष्ठ सई निरन्जन पनेरु, असई कैलास राउत र विष्णुबहादुर थापा तथा हवल्दार प्रदीप बस्नेत थिए।

काठमाडौंबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानभित्र हङकङको विमानस्थलमा चेकजाँच गर्दा गाँजा फेला परेको थियो। हङकङको एसएफ कुरिएर कम्पनीले गाँजा फेला परेको भन्दै नेपालबाट सामान पठाउने कुरियर कम्पनीलाई जानकारी गराएको थियो।

नेपालको कार्गो कम्पनीले त्यसको जानकारी प्रहरीलाई गराएको हो। साउन २६ गते नेपाल एयरलाइन्समार्फत उक्त गाँजा पुगेको हो।

यस बारेमा प्रहरीलाई साउन ३१ गते जानकारी गराइएको थियो।

विराट कार्गो कम्पनीले हङकङको एसएफ एक्सप्रेस कार्गो कम्पनीलाई सामान पठाएको थियो। तर हङकङ विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ गरेपछि बुक कभरभित्र लागुऔषध रहेको खुलेको हो।

प्रहरीले हङकङबाट तस्करले भित्र्याएको ६० किलो सुनको विषयमा अनुसन्धान गरिरहँदा यहाँबाट पनि लागु औषध पुगेको घटना बाहिरिएको हो।

हङकङमा लागुऔषध पुगेको घटनामा विमानस्थल प्रहरीले पनि थाल्यो अनुसन्धान

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group