ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डीएसपी र परिवारलाई ज्यान मार्ने कांग्रेस सांसदको धम्की


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   २ : ५३   बजे

काठमाडौं,२४ भदौ । कोसी प्रदेश सभामा नेपाली कांगे्रेसका सांसद खगेनसिंह हाङगाम प्रहरीविरुद्ध दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । सांसद हाङगामले केही दिनअघि जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारका सदस्यलाई लक्ष्य गरी ज्यान मार्ने धम्की दिएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ ।

डीएसपी र उनका परिवारलाई लक्षित गरी ‘ज्यान मार्ने धम्की दिँदै गरेको’ भिडियोमा देख्न सकिन्छ । भदौ २१ मा ताप्लेजुङ सदरमुकाम फुङलिङमा लाखे मेलाको अन्तिम दिन थियो । त्यहाँ सादा पोशाकमा प्रहरी खटिएका थिए । प्रहरीले स्थानीयलाई जिस्क्याएको सांसद हाङगाम र उनी पक्षधर युवाको आरोप छ ।

त्यसलगत्तै प्रहरीले सांसदको घर रातभर घेराउ गरेर धम्की र मानसिक तनाव दिएको हाङगामको दाबी छ । “प्रहरीले बखेडा झिकेको हो त्यही भएर मैले पनि जवाफ दिएको हुँ,” हाङगामले भने, “मेलाको रिस साँध्न प्रहरीले एकसय जनाभन्दा धेरै स्थानीयलाई निर्मम ढंगले कुटपिट गरेको छ ।”

एकजना प्रहरी जवानले युवतीलाई दुर्व्यवहार गरेको घटना देखेपछि काठमाडौंबाट पाहुनाको रुपमा ताप्लेजुङ आएका व्यक्तिले ‘यो गलत भयो’ भन्दा निर्मम कुटपिट गरेको हाङगामले दाबी गरेका छन् । “कुटपिट भएको घटनाबारे आफूलाई फोन आएपछि त्यहाँ गएको र त्यस क्रममा प्रहरीसँग उपस्थित युवाबीच ठेलमठेल चलेको हो,” उनले भने,“म घर फर्किएपछि प्रहरी आएर फेरि मेरो घरमा ढुंगा र बोतल हान्ने काम गरियो ।”

प्रहरीले भने ताप्लेजुङमा सुरक्षा व्यवस्था बिग्रन नदिन प्रहरीले आफ्नो कर्तव्य पालना गरेको जनाएको छ । त्यही क्रममा सांसद हाङगाम र उनी समर्थक युवाले सुरक्षा व्यवस्था खलल गर्न खोजेको बताइएको छ । ताप्लेजुङमा प्रदेश सांसद र प्रहरीबीचको विवाद समाधान गर्न प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group