ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपीको राजनीतिक चिन्तनबाटै मुलुकलाई समृद्ध बनाउँछौँ : देउवा


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   ३ : २४   बजे

काठमाडौं,२४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको राजनीतिक चिन्तनबाट नै मुलुकले समृद्ध बनाउने लक्ष्य लिएको बताएका छन्।

आइतबार संस्थापक नेता बीपी कोइरालाको ११० औं जन्म जयन्तीमा उनलाई स्मरण गर्दै उनले बीपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरू हिँडिरहेको बताएका हुन्।

उनले आजको युवा पुस्तालाई पनि बीपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। सभापति देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बीपीको विचारमा आकर्षित मात्रै नभइ अनुकरण पनि गर्दै आएको दाबी गरे।

‘आज बीपी कोईरालाको ११० औं जन्म जयन्तीमा उहाँलाई स्मरण गर्दै उहाँले प्रतिपादन गरेका राजनीतिक विचार, उहाँका साहित्यिक कृतिहरु, उहाँले भोग्नुपरेका संघर्षमय जीवन गाथाहरू र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक साँस्कृतिक दृष्टिकोण लगायतका विधि पक्षमा विशिष्ठ ज्ञान भएका विद्वान वुद्धिजीवीहरुबाट चर्चा वहस गराई आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्ने यो महोत्सवको उद्देश्य रहेको छ,’ देउवाले भने, ‘बीपी आफैँमा बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो।

उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षेत्रको रुपमामा आज पनि स्थापित हुनुहुन्छ। उहाँको राजनीतिक चिन्तनले देखाएको मार्गमै हामी हिँडेका छौँ।’

उनले आफ्नो राजनीतिक प्रेरणाको स्रोत बिपी नै रहेको बताए। उनले आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मुल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको पनि बताए।

‘मुलुकलाई त्यही चिन्तनले समृद्ध बनाउने लक्ष्य लिएका छौँ, प्रयत्न गरिरहेका छौँ भने नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि उहाँको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएका छन्। यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनुभएन, जतिले पाउनुभयो, जति समय पाउनुभयो उहाँहरुले पक्कै पनि आफ्नो विचारमा, दृष्टिकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको छ,’ देउवाले भने, ‘मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ।

उहाँ साधा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो। हामीले उहाँलाई भेट्दा, उहाँले आफैँ भन्नुहुन्थ्यो कि तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नु। उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो।’

उनले समयको अन्तरालसँगै आज मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको गुनासो समेत गरे।

सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भएपनि यसको मर्म अनुसार अभ्यास गर्न नपाएको पनि बताए। उनले नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टी र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिनसक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उनको विचारलाई हरेक पुस्ताका नागरिकहरू बीच पर्याप्त वहस र छलफल गराउन नसक्नु आफूहरुको कमजोरी रहेको बताए।

‘प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग निकट देखिनुहुन्छ भने आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई पनि आवश्यक ठान्नुहुन्छ। सामन्तवादका बिरूद्ध तत्कालिन समयमा देखिएको निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै उहाँले अपूर्ण देख्नुभयो। अनि प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नुभयो “साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ।”

आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको छ,,’ उनले भने, ‘समयको अन्तरालसँगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको छ तर विभिन्न कारणले स्थायित्व पाएको छैन। नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेका छौं तर यसको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौं।

नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टी र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिनसक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उहाँको विचारलाई हरेक पुस्ताका नागरिकहरू बीच पर्याप्त वहस र छलफल गराउन नसक्नु हाम्रा पनि केहि कमजोरीहरू रहेका छन्।’

सभापति देउवाले बिपी राष्ट्रिय मात्रै नभइ अन्र्तराष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार भएको बताए।

‘बिपी राष्ट्रिय मात्रै होइन अन्र्तराष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थो, सबै किसिमका विभेद विरूद्ध आगो ओकल्नु हुन्थ्यो। समावेशीता र सधैँ नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झैँ उभिनुभयो।

अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा उहाँ सवैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नुु हुन्थ्यो भने राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मीत्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु हुन्थ्यो र निर्णय गराईछाड्नु हुन्थ्यो,’ उनले भने।

सभापति देउवाले अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बिपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्दै राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मित्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नुहुने व्यक्ति रहेको बताए।

बीपी कोइरालाको १० औं जन्मजयन्तीको अवसरमा ११० वटा बेलुन उडाएर बिपी जयन्ती मनाइएको छ।

बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ। महोत्सवमा १५ सेसन चल्नेछन्। लेखक अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनका बारेमा बोल्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group