ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यलाई चुनौती दिँदै वैदेशिक रोजगारीमा पठाउने नाममा नक्कली विज्ञापन


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   ३ : ५१   बजे

काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा अवसर भन्दै नक्कली विज्ञापनको बिगबिगी बढेको छ । राज्य संयन्त्रलाई नै चुनौती दिने गरी नक्कली विज्ञापन निकाल्दै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सूचना प्रकाशित हुन थालेको हो ।

कोरियामा मौसमी कामदार पठाउने, जर्मनीमा समेत कामदार माग र इजरायलमा थप केयरगिभरको आवश्यकता जस्ता सूचना प्रकाशित गरिएको हो । नियोजित रूपमा शृखंलाबद्ध तरिकाले वैदेशिक रोजगारीका नाममा नक्कली सूचना सार्वजनिक भएका हुन् ।

केही दिन अगाडि कोरियामा मौसमी कामदार माग भएको भन्दै ईपीएस कोरिया शाखाको नक्कली पत्रमार्फत सूचना प्रकाशित गरिएको थियो । त्यस्तै जर्मनीमा समेत ३ हजार जनालाई नेपाली सहायक कामदार केयरगिभर को रूपमा माग आएको भन्दै आवेदन आह्वान गरिएको थियो । जसमा तलब मासिक २ हजार अमेरिकी डलर हुने भनिएको थियो ।

त्यस्तै इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको माग भएको भन्दै अर्को सूचना सार्वजनिक भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र यसरी वैदेशिक रोजगार विभागलाई चुनौती दिने गरी नक्कली सूचना सार्वजनिक भइरहेको हो ।

सरकारको तर्फबाट कुनै पनि पहल नभइरहेको अवस्थामा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सार्वजनिक हुन थालेको हो । जर्मनले केही महिना अगाडि नेपाली कामदार लैजाने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावबारे हाल दुवै देशका निकायबीच छलफल भइरहेको छ । तर, हालसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । तर, सामाजिक सञ्जालमा भने ३ हजार कामदारको माग गर्दै नक्कली सूचना सार्वजनिक गरिएको हो । वैदेशिक रोजगार विभागबाट जारी भएको सूचना भन्दै नक्कली विज्ञापन सार्वजनिक भएको हो ।

त्यस्तै दक्षिण कोरियामा समेत मौसमी कामदार माग भएको भन्दै नक्कली सूचना सार्वजनिक गरिएको थियो । मन्त्रालय र विभागले यस्ता सूचनाको पछि नलाग्न सबैमा अनुरोध गरेका छन् ।

उक्त नक्कली विज्ञापन गर्नेलाई विभागले अनुसन्धानको दायरमा ल्याएको जनाएको छ । प्रचलित कानुन विपरीत भएका तथा हुने गतिविधिहरूलाई नियन्त्रण गर्न मन्त्रालय सदैव क्रियाशील रहेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । हालसम्म १११ वटा मुलुकमा वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरिएको छ । व्यक्तिगत रूपमा भने १७८ वटा देशहरूमा नेपाली नागरिक वैदेशिक रोजगारीका गएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu