ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमेश लेखकको नजरमा नेम्वाङ : सहमतीय राजनीतिका ‘आइकन’


एबीसी न्यूज
२६ भदौ २०८०, मंगलबार   २ : १७   बजे

काठमाडौं, २६ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुवास नेम्वाङ सहमतीय राजनीतिका लागि ‘आइकन’ भएको बताएका छन् । संविधानसभा अध्यक्षसमेत रहेका नेकपा एमाले उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको छ ।

नेम्वाङको निधनमा गहिरो दुःख व्यक्त गर्दै लेखकले आफूले परिवारको सदस्य गुमाएको उल्लेख गरे । बाह्रखरीसँग कुराकानी गर्दै उनले नेम्वाङ दुई–दुईपटक भएको संसद् विघटनको पक्षमा नभएको बताए ।

नेम्वाङबारे लेखकको भनाइ ः म स्तब्ध भएको छु । मेरो घरपरिवारकै एक सदस्यको अनुपस्थिति भएको मैले अनुभूति गरेको छु । यत्तिको सालिन, भद्र र विनम्र र सबैलाई मिलाएर जानुपर्छ भन्ने खालको नेता भेट्न गाह्रो हुन्छ । उहाँको निधनले अपूरणीय क्षति भएको छ ।

मेरो उहाँसँग धेरै लामो सम्बन्ध रह्यो । हामीले लामो समयसम्म नजिक भएर काम गरेका छौँ । आफ्नो पार्टीको कुरामा पनि उहाँको त्यत्तिकै योगदान छ । मुलुकलाई पनि त्यत्तिकै योगदान छ भने अरू पार्टीका विषयमा पनि सबैलाई मिलाएर हिँड्ने क्षमता भएको मानिस हो उहाँ ।

संविधानसभा अध्यक्ष भएर पनि उहाँले संविधानसभाभित्र पनि हमेसा उहाँको भूमिका मिलाएर जानुपर्छ भन्ने नै भयो । अत्यन्त जटिल, धेरै अप्ठ्यारो समयमा पनि उहाँ कहिल्यै बिचलित हुनुभएन । बरू समय लागे पनि सबैलाई मिलाएर संविधान बनाउने हो भन्ने कुरामा दृढ प्रतिवद्धता रह्यो । त्यसको फलस्वरूप सहमतिमै संविधान टुंगिएको हो ।

उहाँसँग त्यो बेला पनि प्रायः दिनहुँ भेट हुन्थ्यो । उहाँले सबै नेतालाई एक ठाउँमा राख्नुपर्छ, यो व्यवस्था जोगाउन र संविधान बनाउनका लागि सहमतिमा जानुपर्छ र सहमतिमै यो कुरा टुंगो लगाउने पक्षमा छु भन्नुहुन्थ्यो । सहमतीय राजनीतिका लागि आइकन नै हो उहाँ । उहाँको अवसानले मुलुकलाई ठूलो क्षति पुर्याएको छ ।

उहाँ संसद् विघटनको पक्षमा हुनुहुन्थेन । मेरो धेरै कुरा भएको छ उहाँसँग । अहिलेलाई म त्यत्तिमात्र भन्छु कि उहाँ पार्टीको अनुशासन र मान्यताभित्र बस्नुपर्ने एउटा परिस्थिति थियो । तर, उहाँ विघटनको पक्षमा हुनुहुन्थेन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu