ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेम्वाङले सोमबार साँझ चिकित्सकलाई भनेका थिए– मलाई ठिक छ, तिमी आउनु पर्दैन


एबीसी न्यूज
२६ भदौ २०८०, मंगलबार   २ : २५   बजे

काठमाडौं, २६ भदौ । संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको मुटुमा यसअघि कुनै समस्या नदेखिएको बताइएको छ । उनले लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । हृदयाघातअघि नेम्वाङको मुटुमा भने कुनै समस्या नरहेको उनका निजी चिकित्सक डा: पुष्प रिजालले बताए ।

डा: रिजालले विगत पाँच वर्षदेखि नेम्वाङको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका थिए । “मैले हेर्नुभन्दा पहिलेदेखि नै उहाँ सुगर र प्रेसरको औषधि खानुहुन्थ्यो । कहिलेकाहीँ मुटुको चाल तलमाथि हुन्थ्यो, तर अरू जटिल समस्या उहाँलाई कहिल्यै देखिएको थिएन,” डा। रिजालले भने ।

सोमबार के भएको थियो ?
संसद् सचिवालयमा कार्यरत डा। प्रदीप घिमिरेले सभामुखसहित सांसदको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । सोमबार बेलुका करिब ५ बजे नेम्वाङको नियमित स्वास्थ्य परीक्षणका लागि डा। घिमिरे उनकै निवास बालुवाटार पुगेका थिए ।

परीक्षणका क्रममा उनको ज्वरो १०० डिग्री फरेनहाइड, प्रेसर १३०र८० र अक्सिजनको लेभल ९५ देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य देखिएपछि डा। घिमिरे नेम्वाङनिवासबाट फर्किए । यसबारे डा। रिजाललई पनि खबर गरिएको थियो ।

“मैले साँझ ६ बजे उहाँ नेम्वाङलाई फोन गरेर सोधेको थिएँ– कस्तो छ बुबा हजुरलाई, म आउनुपर्छ कि रु उहाँले ‘सबै इन्डिकेटर नर्मल छ, म ठिक छु, तिमी आउनु पर्दैन’ भन्नुभयो,” डा। रिजालले भने ।

उनका अनुसार नेम्वाङ खानपानमा विशेष ध्यान दिने गर्थे । साधारण खाना मात्र खान्थे । नेम्वाङले घरबाहिर नखाने र मादकपदार्थ सेवन नगर्ने गरेको डा। रिजालले बताए ।

नेम्वाङ मंगलबार बिहान करिब १ः३० बजेतिर घरमै बाथरुममा अचेत अवस्थामा भेटिएका थिए । उनलाई बिहान १ः५० बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो ।

“अस्पताल ल्याउँदा उहाँको ‘साइन्स अफ लाइफ’ केही थिएन । हामीले सबै इन्डिकेटरबाट पुष्टि गर्न खोज्यौँ, अस्पताल ल्याइपुर्‍याउनुअघि नै बितिसक्नुभएको रहेछ,” शिक्षण अस्पतालमा नेम्वाङलाई हेरेका मुटुरोग विशेषज्ञ डा। रमेशकुमार महर्जनले भने ।

हृदयाघातअघि नेम्वाङमा मुटुको समस्या पुष्टि हुने कुनै ‘हिस्ट्री’ नदेखिएको पनि डा: महर्जनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu