ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगुबाट मृत्यु भएको बिरामीको आफन्तहरु द्धारा हेटौंडामा दुई डाक्टर कुटिए


एबीसी न्यूज
२८ भदौ २०८०, बिहिबार   १० : ३८   बजे

काठमाडौ २८ भदौ ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा आफन्तको मृत्यु भएको निहुँमा सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ ।
हेटौँडाका पदम पोखरीका केहि युवाहरूको समूहले अस्पताल भित्र छिरेर दुई जना डाक्टरमाथि कुटपिट गरेका हुन् । एक महिना अघि हेटौँडा पदमपोखरीका एक जना पुरुषको डेङ्गुको कारण मृत्यु भएको थियो ।

उनको मृत्यु डाक्टरको लापरबाहीले भएको भन्दै युवाको समूहले दुई जना डाक्टरमाथि हातपात गरेका हुन् ।अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि युवाहरूको समूहले कुटपिट गरेको मकवानपुर प्रहरीले जनाएको छ । एक महिना अघि डेंगुको कारण मृत्यु भएका पुरुषको आफन्तहरूको समूहले डाक्टरहरूमाथि अस्पताल भित्रै कुटपिट गरेको मकवानपुरकाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

डेङ्गु र श्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सन्चो अस्पतालमा उपचार गरिएको र चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो ।मृत्यु भएको एक महिनापछि उनका आफन्त सहितका युवाहरू अस्पताल प्रवेश गरेर दुई जना डाक्टरमाथि कुटपिट गरेको प्रहरीको भनाई छ । हातपातबाट डा। विडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ ।यो विषयलाई लिएर नेपाल स्वास्थ्यकर्मी संघ तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नगरे सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group