ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरका अस्पताल ठप्प भएपछि सरकारले भन्यो : माग सम्बोधनका लागि वार्ताको पहल हुँदैछ


एबीसी न्यूज
३१ भदौ २०८०, आइतबार   १ : ४४   बजे

काठमाडौं, ३१ भदौ । मकवानपुरको हेटौंडामा दुईजना डाक्टर कुटिएको विषयमा स्वास्थ्यकर्मीहरुले देशभर आन्दोलन थालेका छन्।

देशभरका स्वास्थ्यकर्मीले आइतबार देशभर स्वास्थ्य संस्था बन्द गरेपछि सरकारले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने जनाएको छ।

अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर वार्तामा बस्न तयार रहेको जनाएको हो।

‘नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाबारेका विषयवस्तुलाई तत्काल सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भदौ २९ को निर्णयले अतिरिक्त स्वास्थ्य सचिव डा।

विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन भइसकेको छ’, मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले भनेका छन्, ‘वार्ताका लागि आव्हान भइसकेकाले नेपाल चिकित्सक संघका आधिकारिक प्रतिनिधिसँग यही आइतबार वार्ता हुने कार्यक्रम छ। छलफलवाट विवादको समाधानको पहल भइरहेको छ।’

हेटौँडा अस्पतालका डाक्टरसहित ७८ स्वास्थ्‍यकर्मीले दिए राजीनामा, आकस्मिकबाहेक सबै सेवा बन्द चितवनमा एक महिनाअघि बिरामीको मृत्यु हुँदा किन कुटिए हेटौंडाका डाक्टररु हेटौंडामा डाक्टरलाई कुटपिट गरेको अभियोगमा आमाछोरी पक्राउ
हेटौंडाको सन्चो अस्पताल परिसरमै कुटिए दुईजना डाक्टर ता शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सक संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकको सेवा बन्द गर्ने घोषणा गरेको थियो।

डाक्टरलाई कुटपिटमा संलग्नहरुलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग पनि संघले राखेको थियो।

गत बुधबार हेटौँडास्थित सन्चो अस्पतालका दुई चिकित्सकलाई चितवनमा मृत्यु भएका बिरामीबारे आफन्तहरुले कुटपिट गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group