ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट भारतीय बजारमा दिनको ६३२ मेगावाट बिजुली


एबीसी न्यूज
३१ भदौ २०८०, आइतबार   २ : १०   बजे

काठमाडौं, ३१ भदौ । नेपालबाट भारतीय बजारमा ६३२ मेगावाट नै बिजुली निर्यात हुन थालेको छ । मध्यकालीन सम्झौताको ११० र प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट गरी ६३२ मेगावाट बिजुली बिक्री हुन थालेको हो । यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको नेपाल विद्युत् प्राधिकरणले गत साता थप १८० मेगावाट निर्यात अनुमति पाएसँगै ६३२ मेगावाट बिक्री हुन थालेको हो ।

यसअघि प्रतिस्पर्धी बजारमा मात्रै बिजुली बेचेको नेपालले गत साता मध्यकालीन सम्झौतामा समेत अनुमति पाएपछि प्रतिस्पर्धी र मध्यकालीन बजारमा समेत बिजुली बिक्रीको बाटो खुलेको हो ।

प्राधिकरणले प्रतिस्पर्धी र मध्यकालीन दुवै गरी ६३२ मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई जानकारी दिए । ‘अनुमति पाए जति सबै बिजुली निर्यात हुन थालेको छ,’ उनले भने, ‘देशमै बढी माग भएको दिनबाहेक अन्य समयमा हामीले भारतमा बिजुली बिक्री गरिरहेका छौं ।’

यसअघि प्रतिस्पर्धी बजारमा मात्रै अनुमति दिएको भारतले पाँच वर्षका लागि दुई आयोजनाको ११० मेगावाट बिजली बिक्रीको अनुमति गत साता दिएको थियो । मध्यकालीन सम्झौतामार्फत ११० मेगावाट र प्रतिस्पर्धी बजारमा थप ७० मेगावाट विद्युत् बिक्रीको अनुमति पाएपछि नेपालबाट ६३२ मेगावाट भारतीय बजार बिक्री खुलेको थियो ।

मध्यकालीन पाँचवर्षे विद्युत् खरिदबिक्री सम्झौता पीपीए मार्फत ११० मेगावाट र प्रतिस्पर्धी बजारको ७० मेगावाटसमेत बिजुली बिक्रीको अनुमति पाएपछि उक्त परिणामको बिजुलीसमेत बिक्री थालेको प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जनाए । पाँचवर्षेको मध्यकालीन विद्युत् बिक्रीको अनुमति पाएका आयोजनामा सोलुखोला र दोर्दी खोला हुन् ।

तीन प्रतिशत हाराहारीमा प्रसारण लाइन चार्ज कटाएर साहस ऊर्जाले निर्माण गरेको ८३।४२ मेगावाट क्षमताको सोलुखोला ९दूधकोशी० र हिमालयन पावर पार्टनरले निर्माण गरेको २६।१९ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाको बिजुली मध्यकालीन सम्झौताअन्तर्गत पाँच वर्ष बिक्री गर्न पाइनेछ ।

प्राधिकरणले यी आयोजनाबाट वर्षायाममा उत्पादित बिजुली पाँच वर्षसम्म प्रतियुनिट ८ रुपैयाँ ४० पैसा ९५।२५ पैसा भारु० मा बिक्री गर्न पाउनेछ । अनुमति ढिलो पाएका कारण यस वर्षका लागि ५ सेप्टेम्बरदेखि ३१ अक्टोबर ९भदौ १९ देखि कात्तिक १४० सम्म ११० मेगावाट बिक्री अनुमति पाएको छ । आगामी वर्षदेखि सन् २०२७ सम्म भने जुन १ देखि अक्टोबर ३१ सम्म ५ महिनासम्म ८ रुपैयाँ ४० पैसामा बिक्रीको अनुमति पाएको छ । उक्त बिजुली ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको हरियाणामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu