ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा चिनियाँ उपराष्ट्रपतिसँग भेट्दै


एबीसी न्यूज
१ आश्विन २०८०, सोमबार   १ : २६   बजे

काठमाडौ, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपराष्ट्रपति हान झेङबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’का क्रममा अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने तय भएको हो ।

महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । आइतबार उनी न्युयोर्क पुगिसकेका छन् ।

न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग स्रोतका अनुसार आज ९सोमबार० प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता हुँदै छ । असोज ६ गतेदेखि सुरु हुने प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डामा भेटवार्ता केन्द्रित हुने स्रोतले बतायो ।

राष्ट्रसंघको महासभामा योपटक चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति हानले गरेका छन् । उनी महासभामा सहभागी हुन न्युयोर्क पुगिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यही असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । असोज ५ गते उनी न्युयोर्कबाट सिधै चीनतर्फ लाग्नेछन् । गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरिएको थियो ।

चीनको औपचारिक भ्रमणका लागि उनी सुरुमा हाङजाउ जाने कार्यक्रम छ । हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यक्रम तय छ । सोही दिन उनी १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

असोज ८ गते उनले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली छियाङ्सँग भेटघाट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका बेला उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकास्थित छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नेछन् ।

छोङछिङको भ्रमणपश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी स्वदेश फर्कनेछन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ देखि १३ गतेसम्म हुने तय छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group