ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर र गगन एक्लाएक्लै हिंड्न खोजे सहयोग गर्दिनँ


एबीसी न्यूज
१ आश्विन २०८०, सोमबार   ३ : २६   बजे

काठमाडौ, १ असोज । नेपाली कांग्रेसका संस्थापन इतरका नेता डा: शेखर कोइराला र महामन्त्री गगन थापावीच सम्बन्ध नजिक न टाढाको अवस्थामा छ ।

दुबै नेताले आफूहरु एकै ठाउँमा रहेको बताउँछन् । तर इतर पक्षका नेताहरु भने यी दुई नेताबीच कहिं न कहिं एक अर्काप्रति आशंका रहेको बताउँछन् । हालै संस्थापन इतरकै नेता अर्जुन नरसिंह केसीले महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई आफ्नै निवासमा बोलाएर छलफल गरे । यो छलफलमा डा। शेखर भने सहभागी थिएनन् ।

हालै तपाईंले महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय प्रदीप पौडेललाई राखेर नेताहरुसँग छलफल गर्नुभयो । के थियो छलफलको एजेण्डा ?समग्र पार्टी एकता अहिलेको आवश्यकता हो । त्यसो हुन नसके पनि पार्टी सुधारको आन्दोलनमा लागेका जे जति साथीहरु छन्, ती एक ठाउँमा हुनुपर्छ । चाहे, गगनजी होस्, शेखरजी होस्, चाहे म हुँ, सुधारमा लागेकाहरु एक ठाउँमा बसेर नयाँ बाटो दिन सक्नुपर्छ ।

महाधिवेशनमा जितेर विश्वप्रकाश महामन्त्री हुनुहुन्छ । प्रदीप पौडेल केन्द्रीय सदस्य हुनुहुन्छ । दुबै प्रभावशाली युवा हुन् । उनीहरुलाई पनि सँगै लिएर जानुपर्छ भन्ने मेरो मत हो । शेखरजी सहितको २÷४ वटा बैठकमा विश्व–प्रदीपलाई सहभागी गराउने प्रस्ताव मैले राखेको थिएँ, तर सफल हुन सकेन ।

डा। शेखर कोइरालाले उहाँहरु सहितको बैठक राख्न किन चासो दिनुभएन ?

त्यो कुरा मैले पनि बुझेको छैन । शेखरजीसँग हालसालै मेरो छलफल भएको पनि छैन । त्यसैले किन मान्नु भएन, तपाईहरुले नै उहाँसँगै सोध्दा वेश हुन्छ ।

तर सामूहिक नेतृत्वमा जानुपर्छ भन्ने मेरो भनाइ हो । गिरिजाबाबुको समयदेखि सामूहिक नेतृत्वमा विश्वास गरें । उहाँले एक्लै डिसिजन गर्दा चित्त नबुझेर महिनौंसम्म गिरिजाबाबुलाई नभेटेको इतिहास पनि छ ।

एक्लै निर्णय गर्ने र त्यसलाई लाद्ने प्रवृत्तिविरुद्ध शेरबहादुर देउवासँग पनि असहमति राख्दै आएको हुँ । तर अहिले हाम्रै समूहमा पनि सामूहिक नेतृत्वको अवधारणा लागू भएको देखिएको छैन । यसमा म अत्यन्तै दुःखी छु ।

तथापि अहिले पनि मेरो कोसिस पार्टी सुधारको आन्दोलनमा लागेका सबैलाई मिलाउने नै छ । तर अब धेरै कोसिस गर्ने पक्षमा छैन । सबैको आ–आफ्नो सुर हो भने म पनि सभापतिको उम्मेदवारी घोषणा गर्छु । शेखरजी हाम्रो समूहबाट सभापतिमा लड्नुभएको हो । टिमको हिसाबले हाम्रो फस्र्ट म्यान शेखरजी नै हो । शेखरजीलाई मैले ग्रुप लिडर मानेको हुँ, मेरो नेता त उहाँ होइन नि ।

मैले विश्व–प्रदीप सहितको त्यो छलफल कसैको पक्ष र विपक्षमा राखेको होइन । यो टिमलाई सशक्त बनाएर लिएर जानुपर्छ । सभापतिको उम्मेदवार शेखरजी भएकाले उहाँकै नेतृत्वमा अघि बढौं । भोलि को के हुनुपर्छ, त्यसबेला सामूहिक छलफल गरेर जाऔं भन्ने नै हो ।
गगनजी महामन्त्री, प्रभावकारी युवक र भविष्यको आशाको रुपमा जनताले हेरेका छन् । तर, उहाँ गगन पनि मेरो नेता होइन । मैले उहाँहरुसँग हिँड्नुपर्छ भन्ने के छ ? म नयाँ ढंगले सोंच विकास गर्छु ।

तर, तपाईंले महामन्त्री गगनलाई केन्द्रमा राखेर विश्व–प्रदीपहरुसँग बैठक राख्नुभएको थियो भन्ने तपाईंहरुकै समूहका नेताहरु भन्छन् नि रु

होइन, होइन । उहाँहरु विश्व–प्रदीप लाई जोड्ने कुरामा पहिलेदेखि नै भएको हो । जेठको अन्तिमतिर शेखरजी लगायत हाम्रो टिमका सम्पूर्ण पदाधिकारीलाई बोलाएको थिएँ । मेरै घरमा भएको त्यो छलफलमा केन्द्रीय सदस्य बलबहादुर केसी र डा: मिनेन्द्र रिजाल पनि हुनुहुन्थ्यो ।

त्यही छलफलमा मैले विश्व–प्रदीपलाई पनि यो समूहमा ल्याउन प्रस्ताव गरें । बोलाएर मात्रै के गर्ने रु उहाँहरु प्रतिवद्ध हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा पनि बैठकमा उठ्यो । मैले टिमलाई जति बृहत बनाउन सकियो, त्यति समूहको शक्ति बढ्छ । उहाँहरुलाई पाखा राख्नुपर्ने कुरा छैन । उहाँहरु टिममा प्रतिवद्ध हुनुहुन्छ, म जिम्मेवारी लिन्छु भनेँ । त्यसपछि विश्व–प्रदीपसँग कुरा गर्ने र एक हप्तापछि मिटिङ गर्ने भनिएको थियो ।

त्यसैले मैले विश्व–प्रदीप सहितको त्यो छलफल कसैको पक्ष र विपक्षमा राखेको होइन । यो टिमलाई सशक्त बनाएर लिएर जानुपर्छ । सभापतिको उम्मेदवार शेखरजी भएकाले उहाँकै नेतृत्वमा अघि बढौं । भोलि को के हुनुपर्छ, त्यसबेला सामूहिक छलफल गरेर जाऔं भन्ने नै हो । त्यसको अर्थ अरुले आफू–आफू गर्दै जाने, हामीसँग कुनै सरसल्लाह नगर्ने तर मैले चाहिँ परामर्श गर्नुपर्छ भन्ने चाहिँ होइन ।

तपाईंहरुको कुरा सुन्दा त समूहकै नेताहरु, खासगरी शेखर र गगनबीच नै विश्वास नभएको होला कि जस्तो पो देखियो त ?

होइन, त्यस्तो छैन । हामी पनि यही समूहमा छौं नि १ नमिलेर सुख पाइन्छ रु एउटा–एउटा फाँटमा उनीहरु दुईले नेतृत्व गर्दा पनि म सहयोगी बन्छु । तर, आफू एक्लै हिंड्न खोजे कसैलाई पनि सहयोग गर्दिन ।

तपाईंले होइन होइन भनेपनि घटनाक्रमले त्यही भन्छ । पछिल्लो केन्द्रीय समिति बैठकअघि यो समूहका नेताहरुको बीचमा छलफल समेत हुन सकेको छैन ।

पार्टीभित्र महामन्त्रीहरुको भूमिका जति प्रभावकारी हुनुपर्ने हो, त्यो देखिएको छैन । तर हाम्रो विधान सभापति केन्द्रित छ । सभापति केन्द्रित नै विधान बनाउने हो भने आम क्रियाशील सदस्यले सभापति चुन्ने व्यवस्था गर्नुपर्छ । र, सभापतिले अरुलाई मनोनित गर्ने व्यवस्था हुनुपर्छ ।
त्यो बेला मैले त धेरैचोटी आग्रह गरेको हुँ । केही साथीहरुले मलाई नै बैठक बोलाउनुस् पनि भन्नुभयो । तर समूहको नेतृत्व शेखर–गगन नै भएकाले उहाँहरुले सल्लाह गरेर बैठक गर्नुपर्छ भनेँ । उहाँहरुले बैठक बोलाउनुभएन ।

यो पटक पनि त्यही हुने होला, होइन ?

बैठक बोलाउनुपर्ने त्यो बेला ९२ साउनको केन्द्रीय समिति बैठकअघि० हो, अहिले त पहिलेको समीक्षा न हो । तथापि समूहका नेताहरुबीच छलफल हुन्छ कि हुन्न भन्ने प्रश्न छ, यसबारे ध्यान दिए–नदिएको मलाई थाहा छैन ।

समग्र पार्टी सञ्चालनमा कुरा गर्दा, सभापतिले विधान पालना नगरेको विषय नयाँ भएन महामन्त्रीद्वयको भूमिकालाई चाहिँ कसरी हेर्नुभएको छ ?

जनस्तरमा उहाँहरुको भूमिका प्रभावकारी नै देखिएको छ । बीपी साहित्य महोत्सव महामन्त्री दुईको सोंच हो । यसले राम्रो प्रभाव पनि परेको छ । बीपी राजनेता मात्रै होइन, राजनीतिक दार्शनिक पनि हो । तर उहाँको साहित्यिक पक्ष कांग्रेसले कहिले उजागर गरेको थिएन । यो पटक महोत्सवले साहित्यकार बीपी र कांग्रेस जोड्ने काम गरेको छ । यसरी हेर्दा पब्लिक इमेजलाई डेभलप गर्ने कार्य गर्नुभएको छ ।

यसका बाबजुद पार्टीभित्र महामन्त्रीहरुको भूमिका जति प्रभावकारी हुनुपर्ने हो, त्यो देखिएको छैन । तर हाम्रो विधान सभापति केन्द्रित छ । सभापति केन्द्रित नै विधान बनाउने हो भने आम क्रियाशील सदस्यले सभापति चुन्ने व्यवस्था गर्नुपर्छ । र, सभापतिले अरुलाई मनोनित गर्ने व्यवस्था हुनुपर्छ । हामीले सामूहिक नेतृत्व त भन्छौ, सबै अधिकार सभापतिमा केन्द्रित छ । सभापतिसँग अलिकति असहमति हुनेबित्तिकै महामन्त्रीहरुले केही गर्न नसक्ने अवस्था छ ।

सबभन्दा चिन्ताको विषय चाहिँ सभापतिले समयमा महाधिवेशन फेरि पनि नगर्ने हो कि भन्ने छ । त्यसो भयो भने पार्टीलाई झन् ठूलो घाटा हुन्छ । त्यो कुरा उहाँका नजिकका मान्छेले सभापतिलाई बुझाइदिए राम्रो हुन्छ ।

कांग्रेसबाट बनेका मन्त्रीहरुको काम कारबाहीलाई चाहिँ कसरी हेर्नुभएको छ ?

सबैको प्रभावकारी नभएको त म भन्दिन । तर हामी पनि त्यही हुलमा हरायौं कि भन्ने धेरै साथीहरुको गुनासो छ । समय अनुसार उहाँहरुले काम देखाउनु होला । काम गरेर देखाउन नसके जसले जिम्मेवारी लिनुभएको छ, उहाँ असफल हुनुहुन्छ । म व्यक्तिगत टिप्पणी गर्न चाहन्न ।

भ्रष्टाचार विरोधी अभियानमा सरकारले सम्झौताहीन यात्रा गर्न सक्नुपर्छ । जुन अभियान सुरु भएको छ, त्यसलाई कतैबाट पनि बाधा नपरोस् ।

बाधा त कांग्रेसबाट नै परेको भनिन्छ ?

बाधासँग लड्ने आँट सरकारसँग हुनुपर्छ । कोही कसैबाट बाधा परेर भ्रष्टाचार विरुद्धको अभियानमा सरकार लाग्न सक्दैन भने त्यो उसको निरीहता हो । मैले प्रधानमन्त्रीलाई पनि भनेको छु, सत्ता नभएपनि तपाईंसँग इतिहास रहन्छ । आँट भएन भने अरुलाई दोष देखाएर हुँदैन ।

अब आउने केसहरु कसरी जान्छन्, त्यो पनि हेरौं । पैसा कमाउ, त्यसकै आधारमा राजनीति गर भन्ने भयो भने यो लोकतन्त्र अफापसिद्ध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu