ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन बनाउँदाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   १२ : ०९   बजे

काठमाडौ, २  असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बनाउँदाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्र देश अस्थिरताबाट जोगिने बताएका छन् । गणेशमान सिंहको २६औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको शोभाभगवतीमा उनको सालिकमा माल्यार्पण गर्दै सिंहले यस्तो बताएका हुन् ।

सरकार गठन हुँदा गरिएको समझदारीलाई सबै दलहरूले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने उनले उल्लेख गरे । उनले समाजमा रहेका कमी–कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए ।

पार्टीभित्र अहिले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा बलियो भए पनि केन्द्रीय समितिले गरेका निर्णय आधिकारिक हुनेमा उनले जोड दिए ।

“यो डेमोक्रेसीको विशेषता नै के हो भने खुला रूपमा हुन्छ सबै कुरा । यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरूबीचको समझदारी हो, त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी–कमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौँ,”

उनले भने, “गठबन्धन हुँदा जे समझादारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ । लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्ने कुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रीय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ ।”

नेता सिंहले संविधानको भावना र मर्मअनुरूप चाँडोभन्दा चाँडो तीन तहका सरकारलाई अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group