ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : २५   बजे

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन्। पुरानै ढाँचा र शैलीबाट पार्टी सञ्चालन हुन नसक्ने भन्दै उनले पुनर्गठन र रूपान्तरणलाई अनिवार्य आवश्यकता भएको बताएका हुन्।

नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले अग्रज नेताहरूले पद ओगटेर बस्नुभन्दा नीति निर्माण, सल्लाह–सुझाव र कार्यकर्ता प्रशिक्षणमा केन्द्रित हुनुपर्ने धारणा राखे।

युवा कार्यकर्ताले पनि केवल अग्रज नेताका उपदेश सुन्ने भूमिकामा सीमित नभई नेतृत्व गर्ने आँट, हिम्मत र सिर्जनशीलताका साथ पार्टीको अग्रमोर्चा सम्हाल्न अघि बढ्नुपर्ने उनले बताए।

खनालले समाजवादका नाममा अमूर्त व्याख्या मात्र गरेर नहुने भन्दै नेपाली विशेषताको वैज्ञानिक समाजवाद कस्तो हुने भन्ने स्पष्ट र ठोस कार्यक्रम जनतासामु प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

उनले मुलुक अहिले गम्भीर राजनीतिक सङ्कटबाट गुज्रिरहेको र प्रतिक्रियावादी शक्तिहरू विभिन्न रूपमा सक्रिय भइरहेको दाबी गरे। यस्तो अवस्थामा कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र प्रभावकारी बनाउन पार्टीभित्रै संरचनात्मक परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।

पुराना दल दिशाहीन भए : खनाल

खनालले अहिलेको अवस्थामा पुराना दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने भए पनि उनीहरू दिशाहीन बन्दै गएको टिप्पणी गरे।

नेपाली कांग्रेस अझै दुई चिरामा विभाजित रहेको भन्दै उनले एकताबद्ध भएर मुलुकलाई ठोस राजनीतिक निकास दिन सक्ने अवस्थामा कांग्रेस नरहेको दाबी गरे।

त्यस्तै, नेकपा एमालेभित्र पनि बहुमत पङ्क्ति पार्टी रूपान्तरणको पक्षमा पुगिसकेको खनालले दाबी गरे। उनले वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न पुरानो सोच र कार्यशैलीबाट बाहिर निस्केर नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

दूधकोशी आयोजनाको ऋण व्यवस्थापन अन्तिम चरणमा, एडीबीले लगानी गर्ने सम्भावना

मंसिरभित्र महाधिवेशन नभए कांग्रेसको वैधानिकतामाथि प्रश्न उठ्छ : विश्वप्रकाश शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu