ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा मजदुरबीच झडप हुँदा एकको मृत्यु, तीन जना गम्भीर घाइते, १३ जना पक्राउ


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   १२ : ३६   बजे

काठमाडौ, २  असोज । गएराति रुपन्देहीमा मजुदरहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा तीनजना गम्भीर घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १३ जनलाई पक्राउ गरेको छ। उनीहरुमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तिलोत्तमा नगरपालिका  स्थित एक रेस्टुरेन्टमा सोमबार साँझ मादक पदार्थसहितको भोज खाएपछि मजदुरहरुले आपसमा झगडा गर्दा घटना भएको हो।

झडपको क्रममा धारिलो हतियार प्रहार हुँदा मकवानपुरको हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा डेरा गरी बस्दै आएका सुरेश स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरत विकले जानकारी दिए।

‘मदिरा सेवनपछि धारिलो हतियारसहित उनीहरुले आपसमा झडप गर्दा एक जनाको मृत्यु भएको छ,’ एसपी विकले नेपालखबरसँग भने, ‘घटनामा धारिलो हातियार प्रहारबाट अन्य तीनजना घाइते भएका छन्। घटनामा संलग्न भएको आशंकामा १३ जना पक्राउ परेका छन्।’

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका ९ केरवानीमा विभिन्न पेटी ठेकेदारहरुसँग मजदुरी गर्दै आएका उनीहरु विश्वकर्मा पूजापछि साँझ मदिरासहितको भोजमा बसेका थिए। त्यसक्रममा उनीहरु आपसी झडपमा उत्रिँदा घटना भएको हो।

झडपमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

झडपमा परी काठमाडौं महानगरपालिका–१ का विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन्। घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए।

‘घटनास्थलबाट एउटा चक्कु बरामद भएको छ,’ डीएसपी थापाले भने, ‘मृतक र घाइते तीनै जनालाई सोही चक्कु प्रहार भएको आशंका गरिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’

मृतक स्याङतानको शव अहिले भैरहवा मेडिकल कलेजमै राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group