ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा मोरङ अध्यक्षमाथि दुर्व्यवहार गर्ने नगर प्रहरी सेवाबाट हटाइए


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   २ : ४६   बजे

काठमाडौ, २  असोज । जनता समाजवादी पार्टी ९जसपा०का मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गर्ने तीन नगर प्रहरीलाई विराटनगर महानगरपालिकाले सेवाबाट हटाएको छ ।

विराटनगरका मेयर नागेश कोइरालाले मंगलबार विज्ञप्ति प्रकाशित गरी नगर प्रहरीका हवल्दार रमेश निरौला, जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।

गएको बुधबार सडकमा राखिएको एउटा सिटी रिक्सामा नगर प्रहरीले ‘लक’ लगाएको विषयमा विवाद भएको थियो । त्यसक्रममा यादवमाथि दुर्व्यवहार गरिएको जनाइएको छ ।

यादवले ‘माफी मगाएर अर्कोपटकदेखि गल्ती नगर्ने सर्त गराई लक खोलिदिन’ आग्रह गर्दा विवाद भएको थियो । नगर प्रहरीको समूहले कठालोमा समाएर यादवलाई वडा प्रहरी कार्यालयमा पुर्‍याइएको थियो ।

घटनाको विरोधमा जसपासम्बद्ध विद्यार्थी र युवा संगठनले महानगरविरुद्ध आन्दोलन थालेका थिए । महानगर घेराउ र कोणसभा गरिएपछि मेयर कोइरालाको पहलमा दुवै पक्षबीच वार्ता भएको थियो । वार्तामा भएको निर्णय कार्यान्वयन गर्दै महानगरले ती प्रहरीलाई जिम्मेवारीबाट हटाएको विज्ञप्तिमा जनाइएको छ ।

दुर्व्यवहार गर्ने प्रहरीलाई जिम्मेवारीबाट हटाउने र त्यसको जानकारी सार्वजनिक रूपमा गराउन विज्ञप्ति प्रकाशन गर्ने सहमति भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group