ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्षपछि एमाले पार्टी कार्यालयमा पुगे झलनाथ खनाल


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   २ : ५८   बजे

काठमाडौ, २  असोज । एमाले विभाजित गरेर नयाँ पार्टी खोलेको दुई वर्षपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल च्यासल पुगेका छन्।

एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधनका लागि खनाल च्यासल पुगेका हुन्। माधवकुमार नेपाल र झलनाथ खनाले एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुँदा नयाँ पार्टी खोलेका थिए।

त्यसपछि थापाथलीमा सरेको एमाले कार्यालय अहिले ललितपुरको च्यासलमा छ।

संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा सहभागी हुँदा खनाल र केपी शर्मा ओली एकै ठाउँमा देखिए।

विभाजनपछि एमाले र समाजवादीका नेताहरु प्रायस् एकैठाउँ देखिएका थिएनन्। एमालेले पहिलो पटक समाजवादीका नेतालाई आफ्नो कार्यक्रममा बोलाएको हो।

समाजवादीलाई एमालेले औपचारिक रुपमा दलको मान्यता पनि दिन मानेको थिएन। एमालेले पछिल्लो समय सत्ता गठबन्धनबाट एकीकृत समाजवादी सहभागी हुने कार्यक्रममा पनि भाग लिने गरेको थिएन।

तर आफ्नै जिल्लाका सहकर्मीको निधन भएपछि खनाल एमाले कार्यालय पुगेका हुन्। उनी पछिल्लो समय एमाले र समाजवादी मिल्नुपर्ने व्याख्या गरिरहेका छन्।

सम्बोधनका क्रममा खनालले नेम्वाङको सच्चा श्रद्धाञ्जलीका लागि पनि कम्युनिष्टहरु मिल्नुपर्ने उल्लेख गरेका छन्।

यसअघि एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत माग्न एमाले नेताहरु एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए।

त्यसबेला एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्र लेखेर मत पनि मागेका थिए।

एमाले कार्यालयमा पुगेर खनालले स्वर्गीय नेम्वाङसँग ६० वर्षभन्दा लामो मित्रता रहेको बताउँदै उनको कदरका लागि पनि कम्युनिष्टहरु मिल्नुपर्ने बताएका छन्।

संविधान निर्माणमा निर्णायक भूमिका खेलेका नेम्वाङको योगदानको स्मरण गर्न एमालेले ‘सुवास र संविधान’विषयमा सातवटै प्रदेशमा प्रवचन कार्यक्रम गरिरहेको छ।

च्यासलमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओली, समाजवादीका सम्मानित नेता खनाल, माओवादी नेतृ ओनसरी घर्ती र कांग्रेस नेता कृष्ण सिटौलासहितले सम्बोधन गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनमा तीन सवारीसाधन ठोक्किँदा एक युवकको मृत्यु

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu