ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्रुत बसका लागि उपत्यकामा अलग्गै लेन


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   ३ : ०५   बजे

काठमाडौ, २  असोज । सूर्यविनायक(रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ।

सडक डिभिजन कार्यालय काठमाडौंले द्रुत बस सेवा सञ्चालन गर्न रेड मार्कु गर्न थालेको हो।

सडक डिभिजन कार्यालयका प्रमुख नारायण निहुँरेका अनुसार असोज ३ देखि द्रूत बस चलाउन यस्तो तयारी गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा थाल्न निर्देशन दिएका थिए।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयार गरेको छ।

बुधबारसम्म रत्नपार्कदेखि सूर्यविनायक र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी रंग लगाउने काम भइरहेको छ।

‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि तयारी थियो। तर लामो वर्षातका कारण सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन।

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क गरिरहेको छ। रत्नपार्कदेखि जडीबुटी र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाइएको हो।

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौंमा हुने चर्को धेरै ट्राफिक जाम कम गर्न मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन्।

अबदेखि बिहान र साँझ कार्यालय सयममा ‘द्रूत बस सेवा’ सञ्चालन हुने छ। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म यो बस चल्नेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group