ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी नेता दीपशिखाले दक्षिण कोरिया छोड्न नपाउने, के भएको थियो?


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   ३ : १४   बजे

काठमाडौ, २  असोज । दक्षिण कोरियाले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई नेपाल फर्कन रोकेको छ । कोरियाको भन्सार कार्यालयले अर्को निर्णय नहुन्जेसम्मका लागि उनलाई नेपाल फर्कन रोकेको हो ।

कोरीयाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले सिफारिसबिना औषधि लगेको भेटिएपछि भन्सार कार्यालयले उनलाई अनुसन्धानका लागि भन्दै नेपाल फर्कन नदिएको हो ।

“भन्सारको भेरिफिकेसन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केही पनि होइन,” दीपशिखाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

दीपशिखा गत साउन २५ गते अगस्ट १० तारि० नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन कोरिया गएका थिए । उनी कोरिया आउने थाहा भएपछि दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले एक वर्षदेखि सेवन गरिरहेको औषधि मगाएकी थिइन् । कोरिया जाँदा उनले साथमा राजदूतले मगाएको औषधि लिएर गएका थिए ।

तर, इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन पार गरिसकेपछि उनलाई भन्सारका अधिकारीले औषधिका विषयमा सोधपुछ गरेका थिए । औषधि ल्याउनुको कारण बताउँदै दीपशिखाले चिकित्सकको सिफारिस ल्याउन भुलेको बताएपछि भन्सारका अधिकारीले उनीमाथि अनुसन्धान हुने जनाएका थिए ।

भन्सारका अधिकारीले अनुसन्धान नसकिएसम्म कोरिया छाड्न नपाउने र औषधिसँग सम्बन्धित आवश्यक कागजात बुझाउन भन्दै उनलाई छोडिदिएका थिए ।

“अन्जानमा डाक्टरको प्रेस्क्रिप्सन मसँग नभएकाले कोरियन सरकारको भन्सारले प्रेस्क्रिप्सनसहित अन्य आवश्यक डकुमेन्ट मागेकाले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाइसकेको छ,” दीपशिखाले भनेका छन् ।

नियतवश कुनै कमजोरी नगरेकाले चाँडै आफू नेपाल फर्कने उनको विश्वास छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासले पनि राजदूतको अनुरोधमा औषधि ल्याउँदा प्रेसक्रिप्सन ल्याउन छुटेकाले दीपशिखा नेपाल फर्कन नपाएको मंगलबार एक प्रेस नोट जारी बताएको छ ।

“भन्सार अधिकारीहरूको मागबमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको बेहोरा जानकारी गराइएको छ,” दूतावासले भनेको छ ।

दक्षिण कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले दीपशिखालाई छिटो नेपाल फर्काउने वातावरण बनाउन कोरियाको परराष्ट्र मन्त्रालयमार्फत पनि अनुरोध गरिएको  बताए ।

भन्सार कार्यालयको अनुसन्धानले दीपशिखालाई निर्दोष किटान गरेपछि उनी नेपाल फर्कन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu