ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र क्यानडाबीच किन चर्कियो विवाद


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   ३ : १८   बजे

काठमाडौ, २  असोज ।  भारत र क्यानडाबीचको बढ्दो तनाव मंगलबार फेरि सतहमा देखिएको छ । सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक सिख अभियन्ताको हत्यामा भारतीय संलग्नताको आरोप लगाएका थिए । भारतको विदेश मन्त्रालयले क्यानडाको यो आरोप अस्वीकार गरेको थियो ।

यसै घटनालाई लिएर क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ ९आरएडब्ल्यू – रअ०का अधिकारी पवनकुमार राईलाई देशबाट निष्कासन गरिएको घोषणा गरेकी थिइन् ।

खालिस्तानीको हत्या प्रकरण स् क्यानडाले निष्कासन गर्‍यो रअ प्रमुख, भारतसँग चर्कियो विवाद
त्यसकै बदलास्वरूप मंगलबार भारतले क्यानडाका एक उच्चायुक्तलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ ।

भारतको जवाफी कारबाही स् क्यानडाली उच्चायुक्तलाई पाँच दिनभित्र देश छाड्न निर्देशन
गएको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा सिख पृथकतावादी अभियन्ता हरदीप सिंह निज्जरको हत्या गरिएको थियो । क्यानडाले घटनामा भारतीय सरकारी एजेन्टको संलग्नताको आरोप लगाएसँगै दुई देशबीचको सम्बन्ध बिग्रिएको देखिएको छ ।

को हुन् हरदीप सिंह निज्जर ?
ब्रिटिस कोलम्बियाको सरे सहरमा सिख मन्दिरबाहिर ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरिएको थियो । भारतको पञ्जाब राज्यलाई टुक्र्याएर एक अलग सिख देश ‘खालिस्तान’ बनाउनुपर्ने माग राख्दै सुरु गरिएको आन्दोलनका निज्जर प्रमुख अभियन्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय अधिकारीले खोजी गरिरहेका निज्जरलाई सन् २०२० जुलाईमा ‘आतंकवादी’ घोषणा गरिएको थियो ।

क्यानडाले खालिस्तानको माग गर्दै अभियान चलाउनेहरूलाई खुला छोडेको छ । आन्दोलन गर्न दिएको छ । त्यसैले भारत पहिलेदेखि नै क्यानडासँग असन्तुष्ट छ ।

निज्जरको नियोजित वा लक्षित गोलीबारीमा हत्या गरिएको आरोप लगाउने विश्व सिख संगठनका अनुसार क्यानडाको खुफिया एजेन्सीले उनीविरुद्ध खतरा रहेको चेतावनी दिएको थियो ।

भारतको पञ्जाब राज्यमा ५८ प्रतिशत सिख र ३९ प्रतिशत हिन्दु जनसंख्या छ । सन् १९८० को दशक र सन् १९९० को सुरुतिर पञ्जाबमा जातीय–धार्मिक सार्वभौम राज्य खालिस्तानको माग गर्दै आन्दोलन चर्काइएको थियो । आन्दोलनका क्रममा हजारौँ नागरिकको ज्यान गएको थियो ।

हाल विशेष गरी विदेशमा बस्ने पञ्जाबी मूलकाहरूले खालिस्तानको माग गर्दै आन्दोलन गर्ने गरेका छन् ।

क्यानडामा किन केन्द्रित छ खालिस्तान ‘मुभमेन्ट’ ?
भारतीय मूलका नागरिक सबैभन्दा बढी भएको देश हो, क्यानडा । करिब चार करोड क्यानडाली जनसंख्यामा १४ लाख भारतीय मूलका छन् ।

सन् २०२१ को जनगणनाको तथ्यांकानुसार क्यानडामा सात लाख ७० हजार सिख धर्मावलम्बी छन् । पञ्जाबपछि सिखहरूको सबैभन्दा बढी जनसंख्या क्यानडामा छ ।

सिख कट्टरपन्थीले विद्रोह गर्न खोजिरहेको भन्दै भारतले पटक–पटक क्यानडा सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

१९८४ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै अंगरक्षकले गोली हानी हत्या गरिएको थियो । उक्त घटना सिख पृतथकतावादीले गराएको मानिएको छ ।

२०१८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले भारतमा पृथकतावादी अभियान चलाउने कसैलाई पनि सहयोग नगर्ने बताएका थिए । तर, उनले अभिव्यक्ति स्वतन्त्रता र प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्ने बताउने गरेका छन् ।

भारत–क्यानडा सम्बन्ध अब कस्तो होला रु
भारत र क्यानडाबीचको सम्बन्ध पछिल्लो समय झन् बिग्रँदै गएको छ । यही सेप्टेम्बर ९ र १० मा भारतको नयाँ दिल्लीमा आयोजित जी–२० शिखर सम्मेलनमा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रुडोबीच खासै निकटता देखिएको थिएन ।

आफ्नो फेसबुकमा मोदीले अरू सबै नेताहरूसँग हात मिलाएको फोटो राखेका थिए । ट्रुडोसँग भने अलग्गै उभिएको फोटो सेयर गरेका थिए ।

मंगलबार भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “हामीले क्यानडाका प्रधानमन्त्रीले संसद्मा राखेको भनाइ र त्यहाँका विदेशमन्त्रीको वक्तव्य हेरेका छौँ र अस्वीकार गरेका छौँ । क्यानडामा हुने कुनै पनि हिंसामा भारत सरकारको संलग्नताको आरोप तथ्यहीन र प्रेरित छ ।”

क्यानडाली राजनीतिज्ञले खालिस्तानी ‘मुभमेन्ट’लाई स्थान दिएको भारतको आरोप छ । हत्या, मानव बेचबिखन र संगठित अपराधजस्ता गैरकानुनी गतिविधि त्यहाँ हुनु नयाँ नभएको भन्दै भारतको विदेश मन्त्रालयले चर्को आलोचना गरेको छ ।

“हामी त्यस्ता घटनाक्रमहरूमा भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

भारतले भारतविरोधी तत्त्वविरुद्ध तत्काल प्रभावकारी कानुनी कारबाही गर्न क्यानडालाई आग्रह गरेको छ ।

यसअघि, दुवै देशका अधिकारीले २०२३ को अन्त्यसम्म व्यापार सम्झौतामा सहमत हुन सक्ने बताएका थिए । अहिले सो विषयमा वार्ता हुन छोडेको छ ।

भारत क्यानडाको दशौँ ठूलो व्यापारिक साझेदार हो । तर, व्यापार सम्झौता १० वर्षभन्दा लामो समयदेखि टुंगोमा पुर्‍याउने प्रयास सफल भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group