ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा दिउँसै सुनको सिक्री लुटपाट गर्ने समूह पक्राउ


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   ४ : ०७   बजे

काठमाडौ, २  असोज । काठमाडौंमा महिलाको घाँटीबाट जबर्जस्ती सुनको सिक्री लुटपाट गर्ने एक समूह पक्राउ परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न दुई जना भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं बागबजारका ४४ वर्षीय सुरज गुरुङ मोटरसाइकल चालक, वीरगन्ज–१७ घर भइ हाल काठमाडौंको क्षेत्रपार्टी बस्ने ४८ वर्षीय अनवर हुसेन अंसारी मोटरसाइकलको पछाडि बसि सिक्री तान्ने मानिस, भारतको पश्चिम बंगाल मेधिनापुर जिल्ला उदयचोक घर भएका ४७ वर्षीय शक्ति भौमिक सुन बिक्री गर्न सहयोग गर्ने० र भारत महाराष्ट राज्य सोलापुर जिल्ला गोरडवानीका ३० वर्षीय सचिन गाड्वे ९सुन खरिद गर्ने मानिस रहेका छन्।

प्रहरीका अनुसार गत भदौ २५ गते अन्दाजी ५ः१० बजेको समयमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रेको पाँचखाल–१२ बालुवा घर भई हाल कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी सो समूह फरार भएको थियो।

अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न बागबजार घर भई हाल सितापाईला बस्ने सुरज गुरुङ समेतका मानिसहरुको संलग्नता रहेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ।

उनीलाई अपराध अनुसन्धान। कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज १ गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका सामानहरु सहित थप अनुसन्धानका लागी प्रहरी वृत कालिमाटी पठाएको जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group